जब छाेरीमान्छेहरू अत्तालिएर चिच्याउन थाले...

मदन नेपाली

काठमाडौं
BreaknLinks
BreaknLinks

बिहानदेखि बेलुकीसम्म तुसारो ओढिरहको घना जंगल। बेलुकीकाे पाँच बजिसकेको थियो। जाडो थियो र त्यसैमा घर पुग्नु पनि थियो। त्यसैले हतार गर्दै पैदल यात्रा गरिरहेका थियौँ। मन फुरुङ भएको थियो, अब हामी चाँडै पुग्ने भइयो। तर, फरक परिणाम आयो। छोरीमान्छेहरु आत्तिएर रोए, कराउन थाले। अब त हामी फूलचोकीको घना जंगलमा हराइसकेछौँ।


पुस २३ शनिबार। रत्न राज्य क्याम्पस (आर.आर) प्रथम वर्षका हामी विद्यार्थीहरु मिलेर फुलचोकी हाइकिङ गएका थियौँ। कक्षा कोठामा बोली राख्ने साथीहरु ‘हामी सक्दैनौँ नजाने’ भनेर अघिल्लो दिनदेखि नै भनिसकेका थिए। मैले पनि ‘म जान्छु’ भनिसकेको थिएँ। नजाऔँ अरु साथीहरुले के भन्लान ? जाऔँ सधैं कक्षा कोठामा बोलिराख्ने साथीनै जाने छैनन्। एकपटक त मन दोधार भयाे, तैपनि मलाई अरु नयाँ साथीहरु पनि त बनाउनु छ, यही साेचेर म पनि जान तयार भएँ।

कक्षा कोठामा एउटा पिरियड मात्र सँगै पढ्ने केटी साथीले भने मलाई बारम्बार भन्थिन् ‘मलाई छुटाउनु हुन्न है’। हुन्छ हाइकिङ जाऔँ रमाइलाे गर्नुपर्छ मैले भन्ने गर्थेँ। २३ गते बिहानै साडे चार बजे सधैंझै मेरो बुढीले फोन गरेर ब्युँझाउँदै भनिन्,‘मदन ! हजुर आज हाइकिङ जाने होइन ? अहिलेसम्म उठेको छैन ?’ बुढीको त्यो फोनपछि म ब्युँझिएँ। फ्रेस भएँ, क्यामराकाे ब्याट्री मिलाउँदै मेरो समय धेरै बितिसकेको थियो। मेरो क्याम्पसको प्रिय साथी विशालको फोन पनि ठ्याक्कै आयो, ‘साथी कता हो आउने होइन ?, अझै निस्किएको छैन ? कस्तो कोठा भित्रको इको साउण्ड आइरहेको। चाँडै आउ है, म जावालाखेलदेखि गाडी चड्छु। अनि अरु साथीहरु क्याम्पसमा जम्मा भइसके रे, राज दाइको नम्बर छ ? नभए म पठाइदिन्छु चाँडै आउ है।’ हुन्छ साथी म आइसके हतार गरेर भनेँ।

साथीसँगको क्षणिक फोनपछि म राज दाइलाई फोन गरेर पर्खिन अनुरोध गरेँ। केही समयमा नै म आर.आर. क्याम्पस पुगेँ। सबै जना साथीहरु चिटिक्क परेर आइसकेका रहिछन्। म गएर हात मिलाउँदै सबैसँग परिचय गरेँ, ग्रुप फोटो खिचेर हामी यात्राको लागि पाइला उठायाैँ।

गाडीमा सबै जना मिलेर बस्यौँ। सबैले बस्ने सिटभन्दा विपरीत सिटमा म बसेको थिएँ। किनकी मलाई सबैका जाेसिला अनुहार क्यामरामा कैद गर्नु थियाे। मैले सबैलाई मेरा आँखा र क्यामराले नियाल्दै थिएँ। यतिकैमा सधैं चम्किने जुनजस्तो अनुहार मलिन देख्दै थिएँ। मनमा कौतुहल्ता लाग्न थाल्यो, के भो ? किन मलिन भनेर साेध्न मन लाग्यो। तर, कसरी ? छोरी मान्छे पो त, फेरि अर्कै अर्थ लाग्यो भने। मनमा अनेकौं कुरा खेल्दै थिए, उसले पनि केही कुरा मन मानै लुकाइरहेको महसुस भएकाे थियाे।

केही समयपछि गाडी जावालाखेल पुग्यो। विशाल फुत्त गाडीमा चढेपछि हाम्रो यात्रा अझै रङ्ग भरेको चित्रझैं हुन थाल्यो। साथीहरु गीत गाउँदै रमाउँदै थिए तर किन–किन उनकाे मुहारमा कालाे बादल लागेकाे थियाे। किन के कुरामा निराश होला भन्ने चाख लाग्न थाल्याे। केही  समयपछि हामी ललितपुर थैबाको एउटा रिसोर्टमा पुगेर हामी चढेकाे गाडी झ्याप्प राेकियाे।

उनीहरु डाइनिङ हलमा बसिसकेका थिए। विशाल पनि भिडियो ब्लग बनाउँदै थिए। मलाई साथीहरुले फोटो खिच्न प्रेरित गर्दै थिए। मलाई के बिर्सेँ, के हराएँ झैं भइरहेकाे थियाे, तैपनि मेरो काम भनेकाे फोटो खिच्नु हो। अहँ मैले डिस्ट्याक हुनुहुँदैन। सबै साथीहरुको फोटो खिच्दै थिएँ। अनि उताबाट दाइहरुले भन्दै  थिए ‘छिटो ब्रेकफास्ट गर चाँडै निस्किहाल्नुपर्छ।’ हस् भनेर आफ्नो खाजा आफैंले बोकेर सबै साथीहरु बसेको टेबलतिर लम्किएँ। सबैको टेबलअघि खाजा थियो। फेरि यसो हेर्दा उदासी त्यो चन्द्रमाको टेबलअघि खाजा थिएन। उसलाई हेरी आँखाले इसारा गर्दै भनेँ, खाने होइन ? उनी पनि इसारामै जवाफ दिँदै ‘खाने हो, साथी लिन जादैछ’ भनेर भनिन्। खोई, यो मन किन किन थाम्न सकिरहेकाे थिएन, आफैं गएर उनकाे लागि खाजा बोकेर आएँ। ‘मलाई हो’ उनले मुसुक्क मुस्कुराउँदै भनिन्।

त्यो बिहान उनी मुस्कुराएको पहिलो पटक थियाे, लाग्याे सूर्यकाे किरण झुल्कियाे। घडीमा बिहानको ८ बजेर ३२ मिनेट गएकाे थियाे। उनकाे मुस्कानमा लुकेका र उनकाे एक्सप्रेसन गरेका धेरै कुरा मैले देखिरहेको थिएँ। सबै जना खाजा खाएर गाडीतर्फ लागे उनी शौचालयतर्फ गएकी रहेछिन्, म पनि शौचलय जानैपर्ने भएर गएँ। उनकाे साथीलाई मेरो क्यामरा दिँदै भनेँ ‘समातेर बस, म ट्वाइलेट गएर आउँछु। अनि सँगै निस्किम्ला हस्’। टाउको हल्लाउँदै साथीले पनि हस् भनिन्। शौचालय गएर म आउञ्जेल साथीले त उदासी चन्द्रमालाई क्यामरा दिइछिन्। म उसकाे नजिकै आएर के छ हो पूर्णिमा ? भनेँ। उनले थोरै मुस्कुराउँदै ‘ठिकै छ’ भनिन्। मैले कुरा काट्दै भनेँ,‘के ठिकै छ ? अस्तिदेखि मलाई छुटाउनु हुन्न, रमाइलो गर्नुपर्छ भन्ने मान्छेले अहिले त बोल्नु नि छैन है...।’ उनले फेरि मुस्कुराउँदै जवाफ फर्काइन् ‘होइन त्यस्तो, माथि पुग्यो भने पो त यो जोस् जाँगर देखाउने हो। अहिले नै खर्चियो भने त माथि कसरी पुग्ने ?’ हामी गाडी भित्र गएर सिटमा बस्याैँ। गाडी कालाे धुँवा फाल्दै अगाडि बढ्याे।

गाडी गुडेकाे केही समयमा नै हामी गोदावरी पुग्यौं। गोदावरीमा एक/दुई वटा ग्रुप फोटो खिचेर बाटोमा खाने खाजा, पानी, जुस आदी चाहिने सबै सामान बोकेर हाम्राे टिमले ९ किलाेमिटर दक्षिणतिरकाे उकालाे यात्रा तय गर्‍याे।

०००

मलाई हिँड्न असहज थिएन, फेरि सोचेजस्तो सहज पनि थिएन। हाइकिङ शब्द नै पहिलो पटक सुनेको थिएँ। हाइकिङ भनेकाे पिकनिक सम्झेको थिएँ। हाइकिङ भनेको पदयात्रा हो, जंगल नै जंगलको यात्रा तय गर्नुपर्छ भन्ने पहिलो पटक थाहा पाएँ।

हाम्राे करिब यात्रा १०:४५ बजेदेखि ११ बजेकाे मध्यमतिर थियाे। घाम लागेकाे थियो तर यो जाडो मौसमको कारण गर्मीले भने सताउने कुरा भएन। बाटोमा साथीहरुको फोटो खिच्दै रमाउँदै हामी अघि बढिरह्यौं। कसैले बाँसुरी बजाउँदै, कसैले कथा सुनाउँदै त कसैले आ-आफ्ना भोगाइका अनुभव सुनाउँदै हाम्राे यात्रा जारी थियाे।

स्नातक तह दाेस्राे वर्षकी सविता म्याड मसँग हुनुहुन्थ्याे। उहाँको अनुभव, भोगाइका कुराकानी सुन्दै अघि बढियो। उहाँ टूर एण्ड ट्राभलको कर्मचारी हुनुहुँदो रहेछ। उहाँसँगको मिठो कुराकनी सँगै यात्रा अघि बढ्दै थियाे। फेरि यता उदासी चन्द्रमालाई पनि यी आँखाले पछ्याइरहेका थिए। उनी पनि आफ्नै साथीसँग गफिएकी थिइन्।

गोदावरीबाट करिब आधा घण्टाकाे बाटो हिँडिसकेपछि हामी फूलचोकी हाइकिङ गर्ने पहिलो बिन्दूमा (जिरो पोइन्ट)मा पुग्यौं। सबै जना जम्मा भइयो। हामी सँगै शिक्षक पनि जानुभएको रहेछ, त्यहाँ पुगिसकेपछि मात्रै थाहाँ पाएँ,। शिक्षकले हामीलाई हाइकिङबारे जानाकारी गराउनुभयाे। ‘नचिनेको बोट/विरुवा नचलाउनुहोला, कसैले जनावर देखिहाल्यो भने पनि नकराउनुहोला, यात्रामा कोही अघि– अघि कोही पछि–पछि, कोही एक्लै नहिँड्नुहाेला’ भनेर भन्नुभयो। त्यसपछि हाम्रो यात्रा पुन: अगाडि बढ्याे।

यात्राको क्रममा कोही अघि, कोही पछि। म पनि आफ्नै धुनमा क्यामरा बोकेर फोटो खिचिरहेको थिएँ। ‘मेरो फोटो पनि खिचिदिनुहोला है’ भन्दै रमाउँदै अघि बढिरहेका थिए साथीहरु। करिब एक घण्टाको यात्रापछि हामी एउटा चाैतारीमा पुगियाे। मलाई लाग्छ मार्वल डाँडाको बिसौनी हुनुपर्छ। त्यसै बिसौनीमा बसेर हामीले फेरि याद राख्न त्यहाँ पनि फोटो खिचियो। ग्रुप फोटो खिचेर ढिलो नगरी हामी फेरि त्यो ठाउँ छोडेर गतव्यतर्फ लाग्याैँ।

यात्राको साडे दुई घण्टा पुग्दा बिहान खाएको खाजा शरीरले पचाइसकेको थियो। सबैको अनुहारमा भोक, तिर्खा र थकान छर्पष्दै देखिरहेको थियो। सबैलाई हेर्दा रमाउन छाडिसकेका थिए। अब त सबै जनाको केवल एउटै इच्छा थियो, हामी कतिखेर फूल्चोकी पुग्ने ? अरु साना बहिनीहरु थाकिसकेका थिए। सबैभन्दा रमाइलो गर्ने बहिनी नै थकित देख्दा आबाे कतिखेर पुग्ने हो भन्ने लागेर मन आत्तिन थाल्याे। त्यसपछि सरले भन्नुभयो,‘मदन यो बहिनीको हात समाएर बिस्तारै लिँदै गर।’ हुन्छ, सर भनेर बहिनी दीपाको हात समातेर हामी बिस्तारै, बिस्तारै अघि बढ्यौँ। बाटोमा फोटो खिच्दै, रमाउदै, हिमश्रृङखला नियाल्दै, हरिया पहाडको दृश्य हेर्दै स्वच्छ हावाको तरेलीसँगै रमाउँदै अघि बढ्दै गर्दा उदासी चन्द्रमा त मेरो आँखादेखि हराइसकेछिन्।

सँगै हुँदा वास्ता नै नलाग्ने मान्छे टाढा हुँदा खास हुन्छ रे। हो उनी पनि अलग्गै जादाँ पो थाहाँ भो म उनी सँगै जानुपर्ने रहेछ। काँचो खानेकुराले मन जति भारी भयो, त्यती उनीप्रति अनेकौं कुरा खेलाएर मन भारी हुन थाल्यो। सबै भारी बस्तुको आसन नै मेरो क्यामरा र रमाइला दृश्य हुन थाले। फोटो खिच्दै अघि बढियो। कसरी एक घण्टापछि अरु साथीहरु भएको ठाँउसम्म पुगियो, आफैंंलाई थाहा भएन। उदासी चन्द्रमाको पनि अनुहार मलिन थियो। उनी पनि हामीलाई कुरेरै बसेकिरहेछिन्।

मैले उनलाई घण्टौँपछि देख्दा दुखेका खुट्टा र भारी मन हलुङ्गाे पार्दै अनुहारमा मुस्कान छर्दै, ‘खोई फोटो खिचिदिन्छु,’ भने। उनी झर्किदै ‘परेको छैन, कति न फोटो खिच्नु परेको ?’ जसकाे धेरै फोटो खिचिरहेको थिएँ उनीहरुले झनै फोटो खिच्न कर गर्छन् तर उनी भने उल्टै झर्किने ? थाहा छ उनी किन झर्किदै छिन। मेरो मनमा खेल्ने हर कुरा उनकाे मनमा पनि खेलेको छ। त्यसैले मैले उसलाई फकाउँदै,‘हस् बाबा नखिच्ने भए नि ठिक छ, माथिसम्म त जान्छाै होला नि हजुर, ल आउ हिँड मसँग’ त्यति दुई शब्दले उनी मसँग हिँड्न तयार भइन। सबै साथीसँग सँगै हामी दुई जना पनि फूल्चोकी पुग्याैँ।

चिसो हावा, रमाइलो वातावरण, न्यानो उनकाे साथ। मन रमाउँदै थियो। सबै जना साथीहरु फूलचोकीको एउटो सानो खाजा खान बनाइएको क्यान्टिनमा बसेर, ड्राई फुडहरु खान सुरु गरे। मलाई ड्राई फुड खान मन नै थिएन। उसलाई पनि खान मन नलागेकाे कुरा मलाई भन्यो,‘अनी के गर्छाैँ त ? खाना नै नखाएर कहाँ हुन्छ। केही त खाउन’ मैले सम्झाउँदै भनेँ। उनले फेरि ‘नाई मलाई फोटो खिच्दिनु, माथि जामन’ मुस्कुराउँदै ‘डेडलक’ उसकाे बोलीविपरीत जान नै सकिनँ। ‘हुन्छ जाउन त’ फूलचोकी मन्दिरमा उनी र म साथीहरु भन्दा अघि नै गयौं। माथि पुग्दा स्वर्ग पुगेको आभास भयो। अब उदासी चन्द्रमा पूर्णिमामा परिणत हुँदै थिइन्। मैले पनि विभिन्न कोणबाट उसकाे फाेटो खिचिरहेँ। जाडो पनि बढ्न थाल्यो उसले पनि,‘अब त जाडो भइसक्यो निन्द्रा लाग्लाझैं हुन थाल्यो’ भनेर भनिन्। ‘हुन्छ अब एकछिन बसेर निस्किने होला बसौं न’ मैले भने त्यसपछि हामी फूलचोकी माइको मन्दिर अगाडि बस्न बनाइएकाे सिटिङ बेन्चमा झोला राख्दै हामी बस्यौं।

उनले फेरि नरम स्वभावमा ‘निन्द्रा लाग्यो’। ‘हुन्छ नभए सुतिसियो न’ भनेर झोला अघि सारेँ। ‘नाई झोलामा फुट्ने सामान हुन सक्छ’। ‘कहाँ, केही हुँदैन झोलामाथि सुतन।’ उनले डराउँदै साेधिन,‘म हजुरको काधमा सुतौं’ मेरो त बालिनै फुटेन, उनी काँधमा टाउको राख्न तयार भइसकिन तर म तयार छैन। शरीर आलस्य भएर आयो। बोली काप्न थाल्यो। ‘हुन्छ’ भनेर अनुमती दिएँ। जति मैले मनको लड्डु मन मानै फुटाएको थिए, त्यति नै उनलाई पनि भएकाे महसुस गरेँ। अनि, मनको डर हटाउँदै प्रस्ताव गरेँ,‘आज भरे जाँदा बाटामा, अनी गाडीमा सँगै जाऊ है।’ ‘हुन्छ’ भन्ने उसको जवाफ पाएँ। त्यसपछि हामीले हाम्रा जीवनका कुरा दिल खाेलेर बन्न थाल्याैँ।

केही समयपछि सबै साथीहरु पनि फूलचोकीको २७०० मिटर हाइटमा आए। हामी पनि फोटो खिचेर बसिरहेका थियौँ। सबै जनाको ग्रुप फोटो र सिंगल फोटो खिच्दा/खिच्दै सूर्यले पनि मेरो समय कम छ भनेर संकेत गर्दै थियाे। चिसो सिरेठो पनि चल्न थाल्यो। हामीसँग जानुभएको सरले पनि ‘अब हामीसँग समय निकै कम छ, चाँडो निस्किनुपर्छ।’ भन्न थाल्नुभयो।

त्यसपछि तातो चियाको चुस्की सँगै हामी फर्कियाैँ। फूलचोकी पुग्दा साडे दुई बजेको थियो। त्यहाँदेखि फर्किँदा चार बजिसकेको थियो। त्यो निकै कम समयमा पनि फूलचोकी मनमै बसिसक्यो। त्यहाँबाट देख्न सकिने ठुला फाँटहरु, अग्ला हिमालहरु आखाँका वरिपरि अहिले पनि झल्किरहेका छन्।

सबै साथीहरु नाच, गान गर्दै रमाउँदै साडे चार बजे बाटो लागिसकेयौं। कोही अघि, कोही पछि बाटोमा रमाइलो गर्दै आएका थियौं। मसँग दीपा, सुदीप, रीमा, अस्मिता र पूर्णिमा गरी हामी ६ जना बाटो तल झर्दै थियौं। डाँडापारि घाम अस्ताउँदै थियो। बेलुकी पाँच बजिसकेको थियो। जाडो थियो र त्यसैमा घर पुग्नु पनि थियो, सबै साथीलगायत पूर्णिमाले भनिन ‘हामी यो बाटो जाऊ’ उहाँहरुको कुराकानी काट्न सकिएन, त्यसैले हतार गर्दै झरिहाल्याैँ। चाँडै पुग्ने आशाले छोटो बाटोको प्रयोग गर्न पुग्यौँ। तर, फरक परिणाम आयो। छोरी मान्छेहरु आतिए, रोए, कराउन थाले। अब त हामी हराइसक्याैँ।

दिनभको थकित शरीर त्यसैमा हराएको महसुस पनि १५/२० मिनेटपछि मात्र थाहा हुन्छ, घर फर्किने आशा नै हरायो। फेरि हामी भएको ठाउँदेखि अघिकै बाटो फर्किँदा ३०/३५ मिनेट उकालो हिँड्नुपर्छ। कसैको फोनमा ब्याट्रीसमेत थिएन। हामी भएकै ठाउँदेखि सहजै बाटो भेटिन गाह्रो भयाे। छोरीमान्छे आत्तिएर फोन गर्न थाले। एकले अर्कोलाई आरोप लगाउन थाले। रीमा भने अरुभन्दा फरक अनि बहादुर थिइन। उनले बाटो खोज्न सुदीपलाई सहयोग गरिरहेकी थिइन। अरु दुई बहिनीहरु र पूर्णिमालाई सान्तोना दिँदै त्यो अध्याराेमा उनीहरुसँग बसिरहे। पूर्णिमाकाे बाेली बन्द भयाे।

अन्तत: सहज बाटो भेटाउन गाह्रो पर्‍याे। मैले सम्झाउँदै भनेँ,‘कोही न आत्तिनुहाेस्, जे गर्छु म गर्छु। साथी हो, पहिला कुरा ध्यान दिएर सुन्नुहोस्। अब हामी जसरी पनि घर पुग्न ढिलो भइसक्यो। अब हाम्रो साथीहरुलाई गाडी हर्न बचाउँदै ल्याउन लगाउँ। हामी जुन ठाउँबाट झर्यो, त्यही ठाँउमा पुग्नुपर्छ।’ सबैले सहमती जनाए हामी थकित छैनौं भन्ने महसुस गराएँ। सुदीप एउटा ट्रर्च समाएर अघि, म सबैभन्दा पछि अर्को टर्च समाएर घना जङ्गलमा उकालो चड्न सुरु गर्‍याैँ।

थकित पूर्णिमा अब त औंसी नै भइसक्यो। मेरो हात बलियोसँग समातिरहिन्। उनकाे अनगिन्ती पावर देखेर उनी डराएको महसुस गरिसक्यको थिएँ। केही सोधे जवाफ पनि दिँदैन्थिइन्। ‘के भो फुच्ची डराएको हो ?’ उनी मौन नै भइन्। उनी आत्तिएकाे उनकाे सास फुलेको र मुटु ढकढक गरेको बाटै महसुस हुन्थयाे। शक्ति गुमाइसकेकी उनलाई मैले केही आशा जगाउँदै भने,‘अब दुई मिनेट, थोरै हिँडे पुगिन्छ।’

अरु साथीहरुले पनि दौडधुप गरिरहेका थिए। अन्तत: तलबाट गाडी हर्न बजाउँदै आयो। हामी पनि हस्याङफस्यङ गर्दै बाटाेमा पुग्यौं। अरु बहिनीहरुलाई दाइहरु कराउँदै थिए, म पनि पूर्णिमाको हात समाएर दाइहरुको अघि आएँ। त्यसपछि दाइहरुले,‘ल अब बस, गाडीमै कुरा गरौंला’ सबै जना गाडीमा बस्यौं। अनि, पूर्णिमालाई थामेर म पनि उनकाे छेउमा बसेँ। सबैले,‘कसरी ? किन ? के कारण ?’ सबैको एउटै जवाफ थियो, एन एक्सिडेन्ट। ‘हामी, चाँडो पुगिन्छ भनेर सटकट हिँड्याैँ, अन्तत: यो परिणाम आयो’ त्यसपछि सबै जना खुसी हुँदै रमाइलो गर्दै फर्कियौं।

प्रकाशित मिति: : 2023-01-14 20:30:00

प्रतिकृया दिनुहोस्