स्वीस टोलीकहाँ पुग्यो ७ अर्बभन्दा धेरै लागतको सुरूङ डिजाइन

सेतोपाटी

निर्मला घिमिरे

सिद्धबाबा सुरूङ आयोजनाको विस्तृत डिजाइन परीक्षणका लागि स्विट्जरल्यान्डको स्वीस डेभलपमेन्ट कर्पाेरेसन (एसडिसी) को प्राविधिक टिमकहाँ पुगेको छ।

उक्त डिजाइन प्राविधिक टोलीले जाँचबुझ गरिरहेको सडक विभागका उमहानिर्देशक भिमार्जुन अधिकारीले जानकारी दिए। उनले चिनियाँ टोलीले बुझाएको डिजाइन स्वीसको प्राविधिक टोलीले जाँचबुझ गर्दा ठीक भए विभागबाट स्वीकृत हुने बताए।

'जाँचबुझ गर्दा सच्याउन केही आवश्यक देखियो भने गर्नुपर्ने हुन्छ। प्राविधिक टोलीले डिजाइनमाथि थप सुझाव दिन सक्छ। संशोधनको सुझाव आयो भने सोहीअनुसार संशोधन गर्नुपर्ने हुन्छ,' उनले भने।

सुझावअनुसारको अन्तिम डिजाइनपछि विभागले स्वीकृति दिनेछ। त्यसपछि आयोजना निर्माण सुरू हुने उनले बताए। सिद्धार्थ राजमार्गको बुटवल तानसेन सडक खण्डमा पर्ने उक्त सुरूङ निर्माणका लागि गत वर्षको फागुन अन्तिम साता सडक विभाग र चाइना स्टेट कन्स्ट्रक्सन इञ्जिनियरिङ कम्पनीबीच ठेक्का सम्झौता भएको थियो।

प्रकाशित मिति: : 2023-01-13 17:28:00

प्रतिकृया दिनुहोस्