लुम्बिनी प्रदेशको पहिलो मन्त्रीमण्डल विस्तारमा एमालेबाट चेतनारायण आचार्य र माओवादी केन्द्रबाट कृष्णाकेसी (नमुना) मन्त्री बनेका छन्। तर उनीहरु विनाविभागीय मन्त्री हुन्।
सत्तारुढ दलहरुबीच मन्त्रालय भागबण्डामा कुरा मिल्न नसकेपछि मुख्यमन्त्री लिला गिरीले विनाविभागीय मन्त्रीमण्डल गठन गरेको एमाले नेता भूमिश्वर ढकालले बताए।
एमालेबाट मुख्यमन्त्री गिरी बनेपछि अर्थ र आन्तरिक मामिला मन्त्रालय माओवादी केन्द्रले पाउनु पर्ने अडान राखेको थियो। सत्तारुढ दलहरुबीच भागबण्डामा कुरा मिल्न नसकेपछि हाललाई विनाविभागीय मन्त्रीमण्डल बनेको कृष्णा केसी (नुमना)ले बताइन्।
लुम्बिनी प्रदेशमा सात वटा पार्टी र २ जना स्वतन्त्र गरी ५८ सांसदले सरकारलाई समर्थन गरेका छन्। जसअनुसार एमालेका २९, नेकपा माओवादी केन्द्रका १०, राष्ट्रिय प्रजातन्त्र पार्टीका ४, नागरिक उन्मुक्ति पार्टीका ४, जनता समाजवादी पार्टीका ३, जनमत पार्टीका ३ जना, लोकतान्त्रिक समाजवादी पार्टीका ३ जना र स्वतन्त्र २ जना छन्।
काँग्रेसका २७, नेकपा एकिकृत समाजवादीका एक जना र जनमोर्चाका १ जना भने प्रतिपक्षमा छन्।
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया