रीना रायको छोरी हुन् सोनाक्षी सिन्हा ? 

हिन्दी सिनेमाकी चर्चित अभिनेत्री रीना राय कुनै समय अभिनेता शत्रुघन सिन्हासँग प्रेम सम्बन्धमा थिइन्। सिन्हासँग चर्चामा रहेकी उनी एकपटक पुनः चर्चित भएकी छिन्। तर यो पटक उनको नाम शत्रुघनसँग होइन उनकी छोरी सोनाक्षीसँग जोडिएर आइरहेको छ। उनीहरु दुई जनाको  अनुहार एकअर्कासँग मिल्न जान्छ। उनीहरुको फेसको स्वरुप मिल्नुको कारण उनीहरु आमाछोरी भएको दाबी दर्शकहरुले गर्दैआइरहेका छन्। तर शत्रुघन र  रीना ले त्यो कुरा कहिल्यै बाहिर आउन दिएनन्। 

 रीना निकालिन् सत्य कुरा–

आफ्नो फेस सोनाक्षीसँग मिल्न गएको कुराबारे  रीनाले बताएकी छन्। उनले एक अन्तर्वार्तामा बताइन्, ‘अनुहार मिल्नु मात्र एक सम्योग हो। कहिलेकाहीँ यस्ता पनि हुन्छ जस्तै कि जितेन्द्रकी आमा र उनको आमा जुम्याह दिदिबहिनीहरु जस्तो देखिन्छन्।’ 

रीनाले विवाहका लागि शत्रुघन सिन्हालाई दिएकी थिइन् अल्टीमेटम–

एक रिर्पोटका अनुसार अभिनेता र अभिनेत्री एकअर्कासँग विवाह गनए चाहन्थे तर अभिनेता विवाहित थिए। तब  रीना ले उनलाई ८ दिनभित्र आफूसँग विवाह गर्नका लागि अल्टीमेटम दिएकी थिइन्। आफूसँग विवाह नगर्ने भए अर्कोसँग विवाह गर्ने उनले बताएकी थिइन्। तर अभिनेताले आफ्नो बाध्यताको कारण रीना सँग विवाह गर्न पाएनन्। अभिनेतासँग छुटेपछि केही महिनापछि नै उनले पाकिस्तानी क्रिकेटर मोहसिन खानसँग विवाह गरिन्। 

अल्टीमेटम दिएकी थिइन् कि ८ दिनभित्र उनीसँग विवाह नगर्ने भए अर्कोसँग विवाह गर्ने 

प्रकाशित मिति: : 2023-01-09 18:20:00

प्रतिकृया दिनुहोस्