विदेश पठाउने नाममा ठगी धन्दा चलाउँदै सिगल इन्टरनेश्नल ग्लाेबल एचआर

उमेश थापा

काठमाडाैं

काठमाडाैँकाे सुकेधारामा रहेकाे ‘सिगल इन्टरनेश्नल ग्लाेबल एचआर कन्सल्ट’ले राेजगारीकाे लागि मानिसहरुलाई विदेश पठाउने नाममा ठगी धन्दा चलाउने गरेकाे खुलासा भएकाे छ।

उसले विभिन्न मुलुकबाट फ्रि भिसा र फ्रि टिकटमा डिमाण्ड ल्याएर यता नेपालमा चर्काे पैसा लिएर मानिसहरु पठाउने गरेकाे खुलासा भएकाे छ।

‘सिगल इन्टरनेश्नल ग्लाेबल एचआर कन्सल्टले केही दिन अगाडि कतारकाे अल्माना कम्पनीले फ्रि भिसा र फ्रि टिकटमा मान्छे मगाएकाे थियाे। याे कम्पनीले यहाँ एक जनाबाट १ लाख ४५ हजारका दरले पैसा लिएर ठगी गरेकाे छ,’ स्राेतले बिएल नेपाली सेवासँग भन्याे।

यसरी सिगल इन्टरनेश्नल ग्लाेबल एचआर कन्सल्टले बाहिरबाट नि:शुल्क भिसा ल्याउने र नेपालका कामदारसँग चर्काे पैसा उठाएर ठगी गरेकाे पाइएकाे छ।

यसरी कम्पनीले फ्रिस भिसा र फ्रि टिकट दिएकाे अवस्थामा विदेश जानकाे लागि कामदारले १५ हजार रुपैयाँ मात्रै शुल्क बुझाउनुपर्ने भए पनि सिगल इन्टरनेश्नल ग्लाेबल एचआरले विभिन्न बहानमा लाखाैँ पैसा लिने गरेकाे र तिरेकाे पैसाकाे बिल माग्दा उपलब्ध नगराएकाे कामदारहरुकाे गुनासाे रहेकाे छ।

‘सिगलले कामदारहरुसँग १ लाख ४५ हजारका दरले पैसा उठाएकाे छ तर त्यहाँ जान जम्मा १५ हजार पैसा लाग्ने रहिछ। यत्राे पैसा के–के शीर्षकमा खर्च भयाे भनेर बिल माग्दा बिल पनि दिँदैन। याे सिधैं ठगी भयाे नि,’ एक पीडितले  भने।

प्रकाशित मिति: : 2023-01-08 19:18:00

प्रतिकृया दिनुहोस्