'हजुरआमाका कथा' लेख्ने हजुरआमा

सेतोपाटी

शारदा शर्मा

अमृताजीले सधैं युद्ध नै गर्नुभयो।

लैंगिक चेतनाको युद्ध। पीडितलाई अधिकार दिलाउन जिम्मेवारहरूलाई झक्झकाउने युद्ध। पीडितहरूलाई आशा र भरोसा दिलाउने युद्ध।

उहाँका अनेकन लेख रचना, उहाँको फेसबुक र ट्विटरका भित्ताहरू यसका प्रमाण हुन्। 

यतिखेर अमृताजी अर्को युद्ध लड्दै हुनुहुन्छ- क्यान्सरसँग।

एक किसिमले आफैंसँग, आफ्नो नियतिसँग। स्तन क्यान्सर भएर शल्यक्रिया भइसकेपछि छैठौं दिनमै उहाँले लेखेको लेखमार्फत मैले उहाँलाई क्यान्सर भएको थाहा पाएँ र स्तब्ध भएँ एकछिन।

क्यान्सर यतिखेर पहिलाजस्तै उपचाररहित र भयावह त मानिँदैन, यद्यपि यो अप्ठ्यारो रोग उहाँलाई नै लाग्नुपर्ने कारण को सँग सोध्ने? 

प्रकाशित मिति: : 2023-01-06 18:22:00

प्रतिकृया दिनुहोस्