डिआइले आमाकै अगाडि चरित्रमाथि प्रश्न उठाउँदा स्कुल ड्रेसमै आत्महत्या, पिटे पनि शिक्षकलाई केही गर्न नमिल्ने प्रहरीको भनाई

उकेरा

मोनिका वाइबा

सामुदायिक विद्यालयमाझ ’नमुना विद्यालय’ घोषित काठमाडौँको त्रिपुरेश्वरमा रहेको विश्व निकेतन माध्यमिक विद्यालयमा गएको मङ्सिर २१ गते अलि फरक दृश्य देखियो। उत्कृष्ट भएका विद्यार्थीहरूलाई बधाई तथा सम्मान दिएको सूचना टास्ने गेटमा परीक्षा स्थगित र कक्षा ११ मा पढ्ने छात्रा सदीक्षा चौधरीको असामयिक निधनले शोक बिदा दिइएको सूचनाहरू टाँसिएको थियो।

विद्यालय वरपर ’जस्टिस फर सदीक्षा’ लेखिएको थुप्रै पम्प्लेटहरु टाँसिएको थियो। अनि ठुलठुलो आवाजमा न्याय मागिरहेका विद्यार्थीहरू आक्रोशित हुँदै विद्यालय घेरेर तोडफोडमै उत्रिए। विद्यार्थीहरूले माइतीघर मण्डलामा विरोध प्रदर्शन पनि गरे।

विद्यार्थीको भिडमा अत्यधिक रोइरहेकी थिइन् शारदा विष्ट चौधरी। ती ११ कक्षामा अध्ययनरत विद्यार्थी सदीक्षाकी आमा थिइन्। प्रदर्शनको भिडबाट ’जस्टिस फर सदिक्षा’ सँगै ’डिआइलाई कारबाही गर’ भनेर आवाज समेत आइरहेको थियो।

घटनाको भोलिपल्टैदेखि अनुशासन प्रमुख (डिआइ) नवराज लोहनीलाई कारबाही स्वरूप निलम्बन गरिएको विद्यालयले सूचना निकाल्यो। २१ गते आफ्नो आमासँगै विद्यालय उपस्थित भएकी सदीक्षाले विद्यालयबाट फर्किएको केही समयपछि नै स्कुल ड्रेसमै झुन्डिएर आत्महत्या गरेकी थिइन्।

प्रकाशित मिति: : 2023-01-05 17:01:00

प्रतिकृया दिनुहोस्