राेल्पाका स्वतन्त्र सांसद दीपेन्द्र कुमार पुनमगर (सिजल) नेकपा माओवादी केन्द्रमै फर्किएका छन्।
तत्कालीन सत्ता गठबन्धनको आधिकारिक उम्मेदवार नेपाली कांग्रेसका लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनविरुद्ध सिजलले स्वतन्त्र उम्मेदवारी दिएका थिए। उनी रोल्पाको प्रदेशसभा क्षेत्र नम्बर २ बाट निर्वाचित पनि भए।
माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आत्मालोचना पत्र लेख्दै सिजलले बुधबार माओवादीमै फर्किएका हुन्।
बुधबार बिहान माओवादी उपमहासचिव वर्षमान पुनसँगै बालुवाटार पुगेर उनीले प्रचण्डलाई भेटेका हुन्।
गत मंसिर ४ को निर्वाचनमा तत्कालीन गठबन्धनविरुद्ध स्वतन्त्र उम्मेदवारी दिएपछि उनलाई माओवादीले पार्टीकाे सबै जिम्मेवारीबाट निष्कासन गरेको थियो।