हेटौँडा उपनगरपालिकाले दियाे प्रादेशिक प्रहरी अस्पताललाई चार बिघा जग्गा अनुदान

शनि शाक्य

हेटौँडा

हेटौँडा उपमहानगरपालिकाले प्रादेशिक प्रहरी अस्पताल र प्रादेशिक प्रहरी विधि विज्ञान प्रयोगशाला निर्माण प्रयोजनाका लागि चार बिघा जग्गा दिएको छ।

सोमबार आयोजित एक कार्यक्रममा उपमहानगरपालिका–१७ हटियास्थित नेपाल सरकारको नाममा रहेको सार्वजनिक जग्गा ३० वर्ष प्रयोग गर्ने गरी अस्पतालाई दिएकाे हाे।

बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक किरण बज्राचार्य र जिल्ला मालपोत कार्यालय मकवानपुरका प्रमुख ओम बहादुर अधिकारीबीच जग्गा प्राप्तिसम्बन्धी सम्झौतापत्रमा समेतच हस्ताक्षर भइसकेकाे छ। 

 

प्रकाशित मिति: : 2023-01-03 15:20:00

प्रतिकृया दिनुहोस्