प्रदेश १ : प्रदेश प्रमुखद्वारा सरकार गठनको आह्वान

File Photo
File Photo

प्रदेश १ मा नयाँ सरकार गठनका लागि आह्वान भएको छ। प्रदेश प्रमुख पर्शुराम खापुङले संविधानको धारा १६८ को उपधारा २ अनुसार सरकार गठनका लागि आह्वान गरेका हुन्।

धारा १६८ को उपधारा अनुसार सरकार गठन गर्न प्रदेशसभामा कुनै पनि दलले स्पष्ट बहुमत प्राप्त नगरेकाले अब उपधारा २ अनुसार प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरुको समर्थनमा बहुमत पुर्याएर मुख्यमन्त्री नियुक्तीका लागि दाबी पेश गर्न प्रदेश प्रमुखबाट आह्वान भएको छ।

पुस २४ गते आइतबार बेलुका ५ बजेभित्र दावी पेश गर्न आह्वान भएको छ।

प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता नरेन्द्रकुमार श्रेष्ठले जारी गरिएको पत्रमा भनिएको छ, ‘संविधानको धारा १६८ को उपधारा १ बमोजिम मुख्यमन्त्री नियुक्तका लागि प्रदेशसभामा कुनै दलले स्पष्ट बहुमत प्राप्त गरेको नदेखिएकाले नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरुको समर्थनमा बहुमत पुर्याएर मुख्यमन्त्री नियुक्तीका लागि दाबी पेश गर्न आह्वान गर्नु भएको छ।’

प्रदेशसभामा नेकपा एमाले ४०, नेपाली कांग्रेस २९, नेकपा माओवादी केन्द्र १३, राप्रपा ६, नेकपा एकीकृत समाजवादी ४ र जसपाका एक संसद छन्। ९३ सदस्यीय प्रदेशसभामा सरकार गठनका लागि ४७ संसद आवश्यछ पर्छ।

 

प्रकाशित मिति: : 2023-01-01 12:19:00

प्रतिकृया दिनुहोस्