माओवादी सुदूरपश्चिम संसदीय दलको नेतामा खगराज भट्ट चयन

File Photo
File Photo

नेकपा माओवादी केन्द्र सुदूरपश्चिम संसदीय दलको नेतामा खगराज भट्ट सर्वसम्मत चयन भएका छन्।

संसदीय दल आयतबार बसेको बैठकले दलको नेतामा खगराज भट्टलाई सर्वसम्मत रूपमा चयन गरेको हो। स्थायी कमिटी सदस्य तथा प्रदेश इन्चार्जसमेत रहेका भट्ट दलको नेतामा चयन भएका हुन्।

शनिबारको बैठकमा सहमति नभएपछि पुनः आइतबार बसेको बैठकले भट्टलाई दलको नेतामा चयन गर्दै माओवादीको नेतृत्वमा सरकार बनाउन पहल गर्ने जिम्मा पनि दिएको छ।

प्रकाशित मिति: : 2023-01-01 11:51:00

प्रतिकृया दिनुहोस्