लुम्बिनी प्रदेशसभाका नवनिर्वाचित सांसदहरूले आज शपथ ग्रहण गर्दैछन्।
लुम्बिनी प्रदेशको स्थायी राजधानी राप्ती उपत्यका देउखुरी दाङमा नवनिर्मित प्रदेश सभा भवनमा दिउँसो १ बजे सपथ ग्रहण हुनेछ।
नवनिर्वाचित सांसदलाई लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले शपथ ग्रहण गराउनेछन्। प्रदेश सचिवालयका अनुसार सपथ ग्रहणकाे तयारी पूरा भएकाे छ।
आज सपथ ग्रहण भएसँगै लुम्बिनी प्रदेशसभाको प्रथम अधिधेसन भाेली पुस १८ गते १ बजेका लागि आव्हान गरिएको छ। अधिवेशन पनि देउखुरीमै बस्नेछ।
लुम्बिनी प्रदेशमा ८७ जना प्रदेशसभा सदस्य छन्। जसमध्ये संसदमा अध्यक्षता प्रदेश सांसद डील्लीराज भुसालले गर्नेछन्। निर्वाचन आयोगले संसद सचिवालयमा पठाएको प्रदेश सांसदको विवरणअनुसार गुल्मीबाट निर्वाचित प्रदेश सांसद भुसाल ज्येष्ठ रहेकाले उनकै अध्यक्षतामा प्रदेश संसदको पहिलो बैठक बस्नेछ।