गुल्जार बार्दली !

क्यापिटल

काठमाडाैं

२०७८ असार ३० गते बाजागाजा र एमाले कार्यकर्ताको लावालस्करसहित पूर्वप्रधानमन्त्री केपी शर्मा ओली निजी निवास बालकोट पुग्दा धेरैलाई लागेको थियो ओलीको अवसानका दिन सूरु भए। त्यही दिन भक्तपुर बालकोट घरको बार्दलीबाट हात हल्लाएर अभिवादन गरेपछि धेरैका लागि आलोचनाको शब्द बन्यो– बार्दली।

त्यसपछि नेकपा (माओवादी केन्द्र) सहित प्रमुख राजनीतिक दलले ओलीलाई बार्दलीमा पु¥याएको र अब उठ्नै नस्कने गरी पछारिएको उद्घोष गरे। तर, २०७९ पुस ९ म त्यही बार्दलीबाट ओलीसँगै उनका ‘प्रमुख दुस्मन’ भनिएका पुस्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री नियुक्त हुने सहमति गर्दै अभिवादन गरेपछि बार्दली गुल्जार देखिन थालेको छ।

खासगरी बादलीमा ‘बा’ बस्ने भएकाले आगामी दिनमा बार्दलीको उपयोग बढी नै हुनेछ। जहाँ बा र ‘दाई’ रहन्छन्, त्यहाँ भाइ र छोराभतिज गइरहनुपर्छ। विगतमा बालुवाटार आकर्षणको केन्द्र थियो, त्यसपछि बूढानीलकण्ठ आकर्षणमा प¥यो र फेरि बार्दलीको मूल्य उचालिएको छ।

प्रकाशित मिति: : 2022-12-28 15:29:00

प्रतिकृया दिनुहोस्