लुम्बिनी प्रदेशको पाँच वर्ष : मुख्य उपलब्धि राजधानी कार्यान्यवन 

लुम्बिनी प्रदेश सरकारले प्रदेशको स्थायी राजधनी कार्यान्वयनलाई आफ्नो मुख्य उपलब्धीक रुपमा लिएको छ।

स्थायी राजधानी दाङको देउखुरीमा प्रदेश सरकारका गौरवका आयोजनाको बारेमा जानकारी दिन आयोजना गरिएको कार्यक्रममा प्रदेश राजधानी कार्यन्वयन लुम्बिनी प्रदेश सरकारको मुख्य उपलब्धि रहेको प्रदेशका आन्तरिक मामिला कानुन तथा सञ्चार मन्त्री तिलकराम शर्माले बताए। 

यस्तै प्रदेश सरकारले गौरवको आयोजना लुम्बिनी प्राविधिक विश्व विद्यालय बाँकेको खजुरामा स्थापना गरी काम तिव्रताका साथ अघि बढाइएको, लुम्बिनी प्रदेशको प्रादेशिक अस्पताललाई अघि बढाएको, मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रम लागु गरी प्रदेशका एकसय नौ वटै स्थानीय तहमा कार्यान्वयन गरेको र यसले शिक्षा क्षेत्रमा सकरात्मक परिणाम दिएको पनि मन्त्री शर्माले बताए।

उनले सरकारले यातायातको विस्तार गरेको, स्वास्थ्य र शिक्षा क्षेत्रमा नमूनाका कामहरु गरेको गरे। बर्तमान सरकारले पाँचबर्षे कार्यकालकै स्वामित्व लिन तयार हुनुपर्ने भन्दै उनले शून्यबाट शुरु भएको प्रदेश सरकार र प्रदेश सभाका कामहरु अब सुविधा सम्पन्न र आफ्नै भवनबाट गर्ने गरी काम गरेको बताए।  

तत्कालीन मुख्यमन्त्री शंकर पोखरेलको नेतृत्वमा २०७७ साल असोज २० गते प्रदेशसभाको दुई तिहाइ बहुमतले लुम्बिनी प्रदेशको स्थायी राजधानी दाङको राप्ती उपत्यका तोकेको थियो। ‘लुम्बिनी’ नामाकरण पनि सोही दिन नै भएको थियो। स्थायी राजधानी तोकिएको दुई वर्षपछि अस्थायी राजधानी बुटवलबाट देउखुरीमा राजधानी स्थानान्तरण भएको छ।

प्रकाशित मिति: : 2022-12-27 15:59:00

प्रतिकृया दिनुहोस्