फ्रिज्मा राख्ननहुने खानेकुराहरू

हामी सबै यही सोच्छौं कि कुनै पनि खाद्यपदार्थफ्रिज्मा राख्दा ताजा रहन्छ र बासी हुँदैन।

तर कुनै खाद्यपदार्थ यस्तो हुन्छ जुनफ्रिज्मा राख्दा घातक सिद्ध हुन्छ। हालै गरिएको एक अध्ययनका अनुसार केही खाद्यपदार्थलाईफ्रिज्मा राख्दा यसको रंग र स्वाद समेत फरक पर्न जाने पाइएको छ। 

१. कफी: कफीलाईफ्रिज्मा राख्दाफ्रिज्मा भएका अन्य चीजको वासना कफीमा पर्ने कारण कफीको स्वादमा फरक पर्न जान्छ। 

२.गोलभेँडा: फ्रिजामा निकै कम तापमान हुने गर्छ जसले गोलभेँडाको स्वाद खराब हुन जान्छ। साथै यो निकै नरम हुन जान्छ।

३.प्याज: प्याजफ्रिज्मा राख्दा ढुसी पर्ने खतरा हुन्छ। यदि प्याज काटेरफ्रिज्मा राखियो भने प्याज सुक्ने हुन्छ। काटेको प्याजफ्रिज्मा राख्दा यसको गन्ध अन्य खाद्यपदार्थमा समेत पर्न जान्छ।

४.केरा: केराफ्रिज्मा राख्दा धेरै पाक्ने र नरम हुनुका साथै यसको पोषणतत्वमा समेत कम हुन्छ। 

५.मह: महफ्रिज्मा राख्दा यो निकै कडा हुने गर्छ।फ्रिज्मा कम तापमान हुनेका कारण महमा क्रिस्टलाइजेशन हुने कारण चम्चाबाट झिक्न समेत गाह्रो हुन्छ।

६.खरबुजा: खरबुजालाई कोठाको समान तापमानमा राख्नुपर्छ। यसलाईफ्रिज्मा राख्दा यसको भित्रीभाग कडा हुने तथा पोषणतत्वमा समेत कमी आउँछ। 

७.लसुन: लसुनलाई पनि कोठाभित्र नै राख्दा राम्रो हुन्छ। यसलाईफ्रिज्मा राखेको १२ घण्टाभित्रमा सुख्खा हुने गर्छ। 

प्रकाशित मिति: : 2022-12-26 15:23:00

प्रतिकृया दिनुहोस्