नेपालबाट भारत र चीनमा कति विप्रेषण जान्छ?

बिबिसी

काठमाडाैँ

नेपाल र भारतबाट एक अर्काको मुलुकमा जाने विप्रेषणको आँकडा लगभग उस्तै रहेको विश्व ब्याङ्कको तथ्याङ्कले देखाएको छ।

सन् २०२१ मा भारतबाट नेपाल भित्रिएको अनुमानित रेमिट्यान्स रकम २ खर्ब ९ अर्ब रुपियाँ पाइएको छ।

त्यसै गरी नेपालबाट अनुमानित २ खर्ब ११ अर्ब रुपियाँ भन्दा केही बढी रकम भारतमा विप्रेषणका रूपमा पठाइएको वर्ल्ड ब्याङ्कको बाइलेट्रल रेमिट्यान्स म्याट्रिक्समा उल्लेख छ।

नेपाल र भारतबीच खुला सिमाना छ र दुवै देशबाट मानिसहरू रोजगारीका लागि आउने जाने गर्छन्।

प्रकाशित मिति: : 2022-12-25 17:58:00

प्रतिकृया दिनुहोस्