विहारमा इँटाभट्टा विष्फोट, ९ जनाकाे मृत्यु

बिएल संवाददाता

नयाँ दिल्ली
Image Source : ANI.
Image Source : ANI.

पूर्वी भारतको विहार राज्यस्थित इँटाभट्टामा विष्फोट हुँदा भट्टाका मालिकसहित ९ जना मजदुरको मृत्यु भएको छ भने अन्य ८ जना घाइते भएका छन्।

स्थानीय अधिकारीकाअनुसार विहारको राजधानी पटनाबाट १ सय ५४ किलोमिटर उत्तरमा अवस्थित पूर्वीचम्पारण जिल्लाको नारिगिर गाउँमा शुक्रबार साँझ उक्त दुर्घटना भएको हो। घाइतेको रक्सोलको निजी अस्पतालमा उपचार भइरहेको छ।

विष्फोटको जानकारी प्राप्त हुने वित्तिकै उद्धारकर्ता र प्रहरी घटनास्थलमा पुगेका पूर्वीचम्पारण जिल्ला मजिस्ट्रेट कार्यालयले जनाएको छ। राज्यको विपद् व्यवस्थापन केन्द्रका उद्धारकर्ता भग्नावशेषमुनि खोजी गरिरहेका छन्। विष्फोटको कारण सार्वजनिक गरिएको छैन। सम्बद्ध निकायले अनुसन्धान थालेको छ।

यसैबीच, प्रधानमन्त्री नरेन्द्र मोदीले उक्त घटनामा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरे। साथै उनले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरे।

प्रकाशित मिति: : 2022-12-24 16:14:00

प्रतिकृया दिनुहोस्