अग्लो भएरै कुटाई खान्थे अमिताभ

Bollywood Hungama
Bollywood Hungama

टेलिभिजन शो ‘कौन बनेगा करोडपति’को मञ्चमा अभिनेता अमिताभ बच्चन आफ्नो जीवनसँग जोडिएका अनेक किस्सा दर्शकलाई सुनाउन पछि पर्दैनन्। 

कैयौं पटक उनका किस्साले फ्यान भावुक पनि भएका छन्। हालैमात्र उनले आफ्नो उचाईका बारेमा अनेक किस्सा सुनाए।

उनले शोको पछिल्लो भागमा आफ्नो स्कुलको दिनको सम्झना गरेका छन्। यो कुराको सुरुवात प्रतिष्पर्धी काशवी शर्माबाट भयो। 

फास्टेस्ट फिंगर फस्ट राउण्ड जितेर काशवीले हट सिटमा बस्ने मौका पाइन्। काशवीको कुरा गर्दै अमिताभले स्क्रिनमा उनको रिपोर्ट कार्ड देखाए। कार्ड हेर्नासाथ काशवीले आफूलाई आफ्नो कम उचाई मन नपरेको बताइन्।

उचाईको कुरा गर्नासाथ अमिताभले आफ्नो स्कुलको दिन सम्झिाए। ‘मैले स्कुलमा उचाईकै कारण धेरै समस्या भोगें। हामीलाई स्कुलमा बक्सिङ सिक्न जरुरी थियो। तर अग्लो उचाईका कारण मलाई सिनियर समूहमा राखिदिए। म स्कुलमा धेरै कुटाई खान्थे, किनकी म अग्लो थिएँ।’ उनले भनेका छन्।

प्रकाशित मिति: : 2022-12-24 11:41:00

प्रतिकृया दिनुहोस्