३३ केजी लागु औषधसहित १ भारतीय र ३ जना नेपाली पक्राउ

शनि शाक्य

काठमाडाैँ

काठमाडौँका विभिन्न स्थानबाट ३३ केजी लागु औषधसहित १ विदेशी र ३ जना नेपाली नागरिक पक्राउ परेका छन्।

शुक्रबार लागु औषध ब्युरोले पत्रकार सम्मेलन गरी उनीहरुलाई सार्वजानिक गरेको हो। पक्राउ पर्नेमा नेपाली नागरिक ६४ वर्षीय अल्कबहादुर तामाङ, २७ वर्षीया स्यानी चेपाङ र २८ वर्षीय पम्फे चेपाङ रहेका छन् भने अर्का ६५ वर्षीय भारतीय नागरिक शरप ल्याल्टसे नागरिक रहेका छन्।

उनीहरुलाई पुस ४ गते पक्राउ गरेकाे प्रहरीले जानकारी दिएकाे छ।

प्रकाशित मिति: : 2022-12-23 17:01:00

प्रतिकृया दिनुहोस्