थाइल्याण्डमा युद्धपोत पल्टिँदा कम्तीमा ३१ नाविक वेपत्ता

थाइल्याण्डको खाडीमा आएको आँधीमा १०० भन्दा बढी चालकदल बोकेको एक युद्धपोत पल्टिँदा कम्तीमा ३१ जना नाविक बेपत्ता भएको थाई नौ सेनाले जनाएको छ।

पावर कन्ट्रोलमा पानी आएपछि एचटीएमएस सुखोथाई युद्धपोत डुबेको थियो। नौसेनाले सेयर गरेको तस्बिरले लाइफ राफ्टमा बाँचेका केही चालक दललाई देखाइएको छ। 

७५ नाविकहरूलाई उद्धार गरेका र अझै ३१ जना समुन्द्रमा हराइरहेका अधिकारीहरूले बताएका छन्। युद्धपोतमा रहेका १०६ जनामध्ये ७५ जनालाई दुईवटा हेलिकोप्टर, दुईवटा फ्रिगेट र एउटा पानी जहाजको सहयोगमा उद्धार गरिएको छ। 

‘हराइरहेका व्यक्तिलाई हामी खोजिरहनेछौं’, नौसेना एक प्रवक्ताले बीबीसीलाई भने। बाँचेको खोजी गर्न खोजी टोलीहरूले रातभर उद्धार गरेका छन्।

‘हाम्रो सेनाको इतिहासमा यो लगभग कहिल्यै भएको थिएन, विशेष गरी अझै सक्रिय प्रयोगमा रहेको जहाजमा’, प्रवक्ता एडमिरल पोग्क्रोङ मोन्थर्डपलिनले बीबीसीलाई भने। 
 

प्रकाशित मिति: : 2022-12-20 11:58:00

प्रतिकृया दिनुहोस्