पुलमुनीको भाइरल घरमा छैनन् महेन्द्र र भक्तबहादुर

उकेरा

मोनिका वाइबा

अनामनगर र थापा गाउँ जोड्ने पुल नजिकै पुग्नेहरू अहिले पनि यसो पुल मुनी चियाएर हेर्छन्। तर अहिले त्यहाँ न खैरो ढोका छ न त ढोकामा झुन्डिने सानो ताल्चा। त्यहाँ न त छन् महेन्द्र यादव।

भत्किएको ढोकाबाट पूर्वतिर सानो सुरुङ जस्तो देखिन्छ। त्यही सुरुङजस्तो खोँचबाट भित्र बस्थे महेन्द्रको परिवार।

२१ गते एक हुल नगर प्रहरी केही युट्युबर बोकेर एक्कासि पुल मुनी पुग्यो। पुल मुनी बनेको बाटोमा केही अवरोध नगरी उनले बस्ने बासको व्यवस्था गरेका थिए। काठमाडौँका गाडामा तरकारी राखेर जीविकोपार्जन गर्नेहरूसँग म्याराथन खेलेर अनुभवी भएका नगर प्रहरीले पुलमुनिको उनको बासलाई भव्य भवनसँग दाँज्दै तत्काल त्यो भवन खाली गर्न निर्देशन दिएका थिए।

६० वर्षीय महेन्द्र यादव अब कहाँ जाने भन्ने बिलखबन्दमा देखिएका थिए २२ गते उकेराकर्मी पुग्दा। महानगरका नगर प्रहरीले गरेको व्यवहारबाट चित्त दुखेकै थियो उनलाई। त्यसभन्दा बढी चित्त बटुवाको क्वारक्वार्ती हेर्ने व्यवहारले दुखाएको रहेछ।

प्रकाशित मिति: : 2022-12-16 15:28:00

प्रतिकृया दिनुहोस्