नेहा र निहारिका पक्राउ

प्रहरीले नेहा चाैधरी तथा निहारिका राजपुतलाई पक्राउ गरेकाे छ। 

उनीहरू रामगोपालपुर नगरपालिकाअगाडिबाट पक्राउ परेका हुन्। नेहा विगत ६ दिनदेखि दाइजो प्रथा तथा घरेलु हिंसा मुद्दाविरुद्ध आन्दोलनरत रहेकी छिन्। 

नेहाका श्रीमान् डा. पंकज चौधरीलाई मंगलबार प्रहरीले पक्राउ गरेको थियो। जाहेरीका आधारमा नेहाकी सासू, नन्दलगायतका आरोपीलाई समेत पक्राउ गर्नुपर्ने माग राख्दै आन्दोलन गरिरहेका नेहा र निहारिकालाई प्रहरीले नियन्त्रणमा लिएकाे हो। 
 

प्रकाशित मिति: : 2022-12-15 16:37:00

प्रतिकृया दिनुहोस्