प्रत्यक्ष निर्वाचित महिला : तीन दशकदेखि उपस्थिति उस्तै

बाह्रखरी

काठमाडाैँ

काठमाडौं । यही मंसिर ४ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनबाट प्रत्यक्षतर्फ नौ महिला उमेदवार निर्वाचित भएका छन् । १६५ क्षेत्रमा कुल दुई हजार ४१२ जना उमेदवार थिए । त्यसमध्ये महिलाको संख्या २२५ थियो ।

उनीहरूमध्येबाट नौजना निर्वाचित भएका हुन् । प्रत्यक्षतर्फ महिलाको प्रतिनिधित्व ५.४५ प्रतिशतमा सीमित भएको छ ।

संविधानले संघीय संसद्मा महिलाको ३३ प्रतिशत प्रतिनिधित्व सुनिश्चित गरेको छ । नेपालको अन्तरिम संविधान, २०६३ पछि मात्र ३३ प्रतिशत महिला प्रतिनिधित्वको व्यवस्था गरिएको हो ।

०६४ मा भएको पहिलो संविधानसभा निर्वाचनदेखि नै राज्यका हरेक अंगमा एकतिहाइ महिला प्रतिनिधित्वको अभ्यास हुँदै आएको छ । दोस्रो संविधानसभाबाट ०७२ सालमा जारी नेपालको संविधानमा सोही व्यवस्थालाई निरन्तरता दिइयो ।

प्रकाशित मिति: : 2022-12-07 10:02:00

प्रतिकृया दिनुहोस्