लुम्बिनी प्रदेशको स्थायी राजधानी दाङमा मन्त्रालयहरू स्थानान्तरण गर्ने कार्यले तीव्रता पाएको छ।
मुख्यमन्त्री कुलप्रसाद केसीले रातारात मुख्यमन्त्रीकाे कार्यालय देउखुरी सारेका छन्।
मुख्यमन्त्रीका प्रेस सल्लाहकार मानसिंह विश्वकर्माका अनुसार मुख्यमन्त्री कार्यालय र सचिवालयका केही सामान (टेबल–कुर्सी) स्थायी राजधानी देउखुरीको कार्यालयमा ल्याइएको छ। अहिले देउखुरीको कार्यालयमा सामानहरू मिलाउने काम भइरहेको उनले बताएका छन्।
हप्तादिन यता मुख्यमन्त्री केसी देउखुरीमै बसेर काम गरिरहेको विश्वकर्माले जानकारी दिएका छन्। ´प्रदेशसभाको निर्णयलाई कार्यन्वयन गर्नका लागि मन्त्रीज्यू लागिपर्नुभएको छ,` उनले भने, ´हिजो बुटवलबाट केही समानहरू ल्याएको छ। मुख्यमन्त्रीज्यू आफै खटेर काम गरिरहनुभएको छ।´