चीनको वुहानबाटै काेराेनाभाइरस फैलिएको डा. एण्डु हफको दाबी

चीनको वुहानस्थित ल्याबमा काम गरिसकेका एक अमेरिकी वैज्ञानिक डा. एण्डु हफले काेराेनाभाइरस वुहानबाटै फैलिएको दाबी गरेका छन्।

इकोहेल्थ एलाइन्सका पूर्व उपाध्क्ष हफले आफ्नो पुस्तक 'द टुथ अबाउट वुहान' मा सो दाबी गरेका हुन्। 

सन् २०१४ देखि २०१६ सम्म उक्त ल्याबमा काम गरेका उनले सो ल्याबलाई अमेरिकी सरकारकै सहयोग भएको पनि बताएका छन्।

उनको कुरालाई विश्वास गर्ने हो भने कोरोना भाइरसको बारेमा चीनलाई पहिले नै जानकारी थियो। 

उनका अनुसार कोरोनाको कारण भएको लाखौँ मानिसको मृत्यु बारे चीनको दाबी झुटो थियो।

प्रकाशित मिति: : 2022-12-05 19:44:00

प्रतिकृया दिनुहोस्