बिएल संवाददाता
हलिउडको लोकप्रिय र्यापर कान्ये वेस्ट र रियालिटी टीभी स्टार किम कार्दाशियनबीच सम्बन्धविच्छेदको सम्झौता पूरा भएको छ।
सम्झौताका अनुसार कान्यले बच्चाका लागि किमलाई हरेक महिना एक लाख डलर भुक्तान गर्नुपर्नेछ। अदालतको दस्तावेजमा पूर्वजोडीले आफ्नो चार सन्तानलाई संयुक्त रूपमा स्याहानुपर्ने उल्लेख गरिएकाे छ।
चार सन्तानको खर्चका अलावा कान्येले उनीहरूको पढाइमा हुने खर्चको ५० प्रतिशत हिस्सा आफूले व्यहोर्ने छन्। दुवैको सन्तानको उमेर ३ देखि ९ वर्षको बीचको छ। यो सम्झौताअनुसार यदि चार बच्चामध्ये कुनै एकको सम्बन्धमा विवाद भएमा दुवैले मध्यस्थता गर्नुपर्नेछ।
सम्पत्तिको सवालमा उनीहरूको विवाहअघि नै यसको भागबन्डा भइसकेको छ। किम र कान्येले दुई वर्षको डेटपछि सन् २०१४ मा विवाह गरेका थिए। सन् २०२१ मा किमले सम्बन्धविच्छेदका लागि अदालतमा निवेदन दिएकी थिइन्।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया