बिएल संवाददाता
हलिउडको लोकप्रिय र्यापर कान्ये वेस्ट र रियालिटी टीभी स्टार किम कार्दाशियनबीच सम्बन्धविच्छेदको सम्झौता पूरा भएको छ।
सम्झौताका अनुसार कान्यले बच्चाका लागि किमलाई हरेक महिना एक लाख डलर भुक्तान गर्नुपर्नेछ। अदालतको दस्तावेजमा पूर्वजोडीले आफ्नो चार सन्तानलाई संयुक्त रूपमा स्याहानुपर्ने उल्लेख गरिएकाे छ।
चार सन्तानको खर्चका अलावा कान्येले उनीहरूको पढाइमा हुने खर्चको ५० प्रतिशत हिस्सा आफूले व्यहोर्ने छन्। दुवैको सन्तानको उमेर ३ देखि ९ वर्षको बीचको छ। यो सम्झौताअनुसार यदि चार बच्चामध्ये कुनै एकको सम्बन्धमा विवाद भएमा दुवैले मध्यस्थता गर्नुपर्नेछ।
सम्पत्तिको सवालमा उनीहरूको विवाहअघि नै यसको भागबन्डा भइसकेको छ। किम र कान्येले दुई वर्षको डेटपछि सन् २०१४ मा विवाह गरेका थिए। सन् २०२१ मा किमले सम्बन्धविच्छेदका लागि अदालतमा निवेदन दिएकी थिइन्।
अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
मनको कुरा गरौं
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया