प्यालेस्टिनी प्रधानमन्त्रीद्वारा संयुक्त राष्ट्रसंघलाई मध्यपूर्वमा शान्ति स्थापना लागि आह्वान

बिएल संवाददाता

प्यालेस्टाइ

प्यालेस्टाइनका प्रधानमन्त्री मोहम्मद इश्तेयले शुक्रबार इजरायलसँगको द्वन्द्व अन्त्य गर्न मध्यपूर्वमा शान्ति स्थापनार्थ पहल गर्न संयुक्त राष्ट्रसंघलाई आह्वान गरेका छन्।

संयुक्त राष्ट्र संघको पश्चिम एशियाको आर्थिक तथा सामाजिक आयोगले प्यालेस्टिनीसँगको अन्तरराष्ट्रिय ऐक्यबद्धता दिवसको उपलक्ष्यमा न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा आयोजना गरेको भर्चुअल बैठकमा इष्टायले यस्तो टिप्पणी गरेका हुन्।

उनले संयुक्त राष्ट्रसंघका सदस्यहरूलाई संयुक्त राष्ट्रसंघमा पूर्ण सदस्यता प्राप्त गर्न प्यालेस्टाइनको आवेदनलाई समर्थन गर्न, प्यालेस्टाइनमा आम चुनाव गराउन इजरायललाई दबाब दिन र प्यालेस्टाइनीहरू विरुद्ध गरेको अपराधको लागि इजरायललाई जवाफदेही बनाउन आग्रह गरेका हुन्।

प्यालेस्टाइनीहरू सन् १९६७ मा इजरायलले कब्जा गरेको प्यालेस्टिनी भूभागमा इजरायलसँगै एउटा स्वतन्त्र राज्य स्थापना गर्न चाहन्छन् जसमा वेस्ट बैंक र गाजा पट्टी पनि छ।  जसको राजधानी पूर्वी जेरुसेलम हो।

यसै बीच मङ्गलबार संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले प्यालेस्टिनी जनतासँग एकताको अन्तरराष्ट्रिय दिवसमा दुई-राज्य समाधानको आवश्यकतालाई पुन: पुष्टि गरेका छन्।

संयुक्त राष्ट्रसंघको अडान स्पष्ट छ- ‘शान्ति स्थापना हुनपर्छ र यस क्षेत्रमा बल प्रयोगका गतिविधि अन्त्य हुनुपर्छ। हामी दुई राज्यहरू - इजरायल र प्यालेस्टाइन - शान्ति र सुरक्षामा  एक साथ  अगाडि बढ्ने वातावरण बन्नुपर्छ’ उनले सन्देशमा भनेका छन्।

प्रकाशित मिति: : 2022-12-03 14:21:00

प्रतिकृया दिनुहोस्