बिएल संवाददाता
अमेरिकामा समलिङ्गी र अन्तरजातीय विवाह संरक्षित हुने भएको छ।
अमेरिकी संसदको माथिल्लो सदन सिनेटमा १२ रिपब्लिकनसहित ६२ सिनेटरले बाइपार्टिसन बिधेयक पारित गरेपछि समलिङ्गी र अन्तरजातीय विवाह संरक्षित हुने भएको हो ।
यो विधेयक अब अमेरिकी संसदको तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिब्समा पारित भएर अनुमोदनका लागि राष्ट्रपतिको डेस्कमा जानुपर्ने हुन्छ ।
यसअघि यो विधेयकको संस्करण ५० रिपब्लिकनसहित सबै डेमोक्र्याटले अनुमोदन गरेकाले यो परिमार्जित विधेयक पारित हुने अपेक्षा गरिएको छ ।
अर्को साता अमेरिकी संसदको तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिब्समा बिधेयक पेश गरिने कार्यतालिका रहेको बताइएको छ।
विधेयकमा संघीय सरकारले समलिङ्गी विवाह र अन्तरजातीय विवाहलाई मान्यता दिने प्रावधानको सुनिश्चितता प्रदान गर्नेछ । यदि जोडीले समलिंगी विवाह मान्यता नदिने राज्यमा बसाईसराई गरेपनि कुनै समस्या हुने छैन ।विधेयकले १९९६ मा पारित विवाह रक्षा ऐनलाई पनि खारेज गर्ने छ।
सन् २०२५ मा ४६० नेपाली अमेरिकाबाट निस्कासित
मनको कुरा गरौं
‘रविले बालेनलाई गरेका छैनन् प्रधानमन्त्रीको अफर’
यो देश अहंकारी, ठग, भगौडा र आतंककारीहरूको क्रीडास्थल हो?
नेपालका लागि अमेरिकी राजदूत थम्पसन फिर्ता
ग्रीनकार्डको ढोकामै रोकिए ३,८३१ नेपाली
अनुसन्धानमा तानिने भएपछि मास्क लगाएर ‘सुटुक्क’ अदालत धाउन थाले अर्बिटका सञ्चालक रेग्मी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया