बिएल संवाददाता
अमेरिकामा समलिङ्गी र अन्तरजातीय विवाह संरक्षित हुने भएको छ।
अमेरिकी संसदको माथिल्लो सदन सिनेटमा १२ रिपब्लिकनसहित ६२ सिनेटरले बाइपार्टिसन बिधेयक पारित गरेपछि समलिङ्गी र अन्तरजातीय विवाह संरक्षित हुने भएको हो ।
यो विधेयक अब अमेरिकी संसदको तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिब्समा पारित भएर अनुमोदनका लागि राष्ट्रपतिको डेस्कमा जानुपर्ने हुन्छ ।
यसअघि यो विधेयकको संस्करण ५० रिपब्लिकनसहित सबै डेमोक्र्याटले अनुमोदन गरेकाले यो परिमार्जित विधेयक पारित हुने अपेक्षा गरिएको छ ।
अर्को साता अमेरिकी संसदको तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिब्समा बिधेयक पेश गरिने कार्यतालिका रहेको बताइएको छ।
विधेयकमा संघीय सरकारले समलिङ्गी विवाह र अन्तरजातीय विवाहलाई मान्यता दिने प्रावधानको सुनिश्चितता प्रदान गर्नेछ । यदि जोडीले समलिंगी विवाह मान्यता नदिने राज्यमा बसाईसराई गरेपनि कुनै समस्या हुने छैन ।विधेयकले १९९६ मा पारित विवाह रक्षा ऐनलाई पनि खारेज गर्ने छ।
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया