अब चाँहि पक्का भयो डा. ह्यारी भण्डारीको जीत, पहिलो स्थानमै विजयी

बिएल संवाददाता

बाल्टिमोर, अमेरिका

डा. ह्यारी भण्डारी १९,७०२ मत ल्याउदै दोस्रो कार्यकालका लागि मेरिल्याण्ड डिस्ट्रिक्ट ८ बाट मेरिल्याण्ड हाउस अफ एसेम्बेली सदस्यमा विजयी भएका छन्।

मेरिल्याण्ड स्टेट बोर्ड अफ इलेक्सनले सबैखाले मत गणना गरेर अन्तिम परिणाम सार्वजनिक गरेपछि उनको जीतले औपचारिकता पाएको हो। 

अन्तिम परिणामअनुसार पहिलो तीन विजयी हुने पद्धतिमा भण्डारी १ नम्बरमै विजयी भए। उनलाई पछ्याउँने क्रममा कार्ल ज्याक्सन १८,९५०  र निक एलेन १८,०६२ मत ल्याएर विजयी भए। यसअघि पर्पल रहदै आएको यो डिस्ट्रिक यसपटक ब्लु भयो। भण्डारी डेमोक्रेटिक पार्टीबाटै जितेका ज्याक्सनभन्दा ७५२ र एलेनभन्दा १६४० मतले अगाडि रहे।

तर, डेमोक्रेटिक प्राइमरीमा भने कार्ल ज्याक्सनले डा. भण्डारीलाई पछि पारेका थिए। ज्याक्सनले ७७१२ मत ल्याउँदा भण्डारी ७६७८ मत ल्याएर ३४ मतले पछि परेका थिए। प्राइमरीमा तेस्रो स्थानमा रहेका एलेनको भने ७३०६ मत थियो।

डा. ह्यारी भण्डारी १९,७०२ मत ल्याउदै दोस्रो कार्यकालका लागि अमेरिकाको मेरिल्याण्ड राज्य डिस्ट्रिक्ट ८ को  हाउस अफ एसेम्बेली सदस्यमा विजयी भएका छन्। मेरिल्याण्ड स्टेट बोर्ड अफ इलेक्सनले सबैखाले मत गणना गरेर अन्तिम परिणाम सार्वजनिक गरेपछि उनको जीतले औपचारिकता पाएको हो।

डा. भण्डारी यसपटक चुनावमा उम्मेद्वार रहेका एक मात्र निर्वाचित डेलिगेट थिए। ज्याक्सन विधायक भए पनि स्थान खालि भएपछि बाँकि समयका लागि मनोनित थिए। रिपब्लिकन पार्टीबाट जितेका अर्का डेलिगेट निर्वाचन क्षेत्र पुन: रेखाङ्कन हुँदा अर्को डिस्ट्रिक्टमा परे। डेमोक्रेटिक पार्टीका एलेन र रिपब्लिकन पार्टीका ग्लेन गिलहारबाहेक खन्य सबै पहिलोपटक उम्मेद्वार  भएका थिए।

यसअघि किहले दुई स्थान र कहिले एक स्थान  जित्दै आएको रिपब्लिकन पार्टीले यसपटक डिस्ट्रिक्ट ८ मा बिउ पनि जोगाउन सकेन। रिपब्लिकन उम्मेद्वारहरू डेमोक्रेटिक उम्मेद्वारभन्दा धेरै पछि परे। उनीहरूमध्ये क्याथलिन स्मेरोले ११,८३८, टिमोथी न्युबरले ११,२५९ र ग्लेन गिलहारले ११,२४३ मत प्राप्त गरे।

डा. भण्डारी १ नम्बर मतका साथ विजयी भएर उनी यस डिस्ट्रिक्टकै अग्रज डेमोक्रेटिक नेता प्रमाणित भए। उनको यो स्थानले अर्कोपटक सिनेटमा उठ्नका लागि महत्वपूर्ण अर्थ राख्छ।

 

प्रकाशित मिति: : 2022-11-30 05:03:00

प्रतिकृया दिनुहोस्