बिएल संवाददाता
हामीले खाना स्वादिलाे बनाउन तेजपत्ता प्रयाेग गर्ने गरेका छाैँ। तर के तपाँईहरूलाई थाहा छ तेजपत्ताले हाम्राे खानालाई स्वादिलाे बनाउने मात्र नभई शरिरलाइ स्वास्थ्य राख्ने काम पनि गर्दछ। अझ भन्ने हाे भने जाडो महिनामा तेजपातको चिया पिउँदा अनेकौं रोगबाट मुक्ति पाइन्छ।
तेजपत्तामा भिटामिन सी, ए, बी, ई, आइरन, क्याल्सियम, पोटेसियम लगायतका एन्टीअक्सिडेन्ट तत्त्वहरू पाइने भएकाले आयुर्वेदले त यसलाई औषधि नै मानेको छ।
जानी राखाैँ तेजपत्ताका फाइदाहरू
१.तौल घटाउन
तपाईंलाई तौल घटाउनुछ भने तेजपातको चिया पिउन सक्नुहुन्छ। यसले तपाईंको शरीरको मेटाबोलिजम स्तर बढाएर शरीरबाट अतिरिक्त बोसो डढाउन सहायता गर्छ।
२. मुटु जोगाउन
तेजपातमा भएको पोषक तत्त्वले तपाईंलाई रक्तचाप नियन्त्रणमा लिन सहयोग गर्छ। रक्तचाप नियन्त्रित रहेमा मुटुरोग लाग्न पाउँदैन।
४. मधुमेह रोगीलाई लाभदायक
तेजपातको चिया पिउँदा शरीरमा इन्सुलिनको स्तर बढ्छ। यसले रगतमा ग्लुकोजको मात्रा घटाइदिन्छ र मधुमेहलाई नियन्त्रणमा राख्छ।
५. संक्रमणबाट बचाउन
तेजपातमा भएको एन्टीफंगल गुणले शरीरमा कुनै पनि किसिमको संक्रमण हुन दिँदैन। यसमा भएको क्यान्डिडा एल्बीक्यान्सले जस्तोसुकै संक्रमणसँग लड्नका लागि शरीरलाई सहायता गर्छ।
क्रान्तिको नाममा लुट, देशको नाममा धोका
दोहोरो नागरिकता : पूरा गर्ला त रास्वपाले ९९औं वाचा ?
प्रतिकूल मौसमको मौका छोप्दै काठमाडौंमा ट्याक्सी चालकको लुटधन्दा…
इतिहास फेरिन्छ– जब जनताको चेतनाले ‘नयाँ अध्याय’ लेख्छ
सच्चिएनन् पुराना दल, बरू भए सक्किन तयार
‘मैले ड्रग्स खाँए, समाजले परिवारलाई धिक्कार्यो’ (भिडियाेसहित)
रापिएको ‘रविमण्डल’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया