३० वर्ष पहिले चिस्याइएको भ्रुणबाट जुम्ल्याहा सन्तान

File Photo
File Photo

अमेरिकामा ३० वर्षअघि फ्रिज गरिएको भ्रुणबाट जुम्ल्याहा शिशु जन्मिएका हुन्।

अमेरिकी राज्य टेनेसीमा ३० वर्षअघि चिस्याइएको भ्रुणबाट जुम्ल्याहा शिशु जन्माइएको हो। यसलाई अहिलेसम्म सबैभन्दा लामो समय भ्रुण चिस्याएर सफल रूपमा शिशुको जन्म भएको घटनाको रुपमा हेरिएको हो। सन् १९९२ को अक्टोबर १४ देखि भ्रुण चिस्याइएको थियो।

ओरेगनकी रचेल रिजवेले ३१ अक्टोबरमा जुम्ल्याहा बच्चाहरूलाई जन्म दिएकी थिइन। जुम्ल्याहा सन्तानको नाम लिडिया र तिमोथी राखिएको छ।  दाताले दिएको भ्रुणबाट जन्मिएको रिजवेको यो पहिलो बच्चा हो। उनका एकदेखि आठ वर्षका अन्य चार बच्चाहरू छन्। ‘म पाँच वर्षको थिएँ जब भगवानले लिडिया र तिमोथीलाई जीवन दिनुभयो।’,  फिलिप रिजवेले भने।

शिशुको जन्मबाट आफू आश्चर्य चकित परेको रिजबेका पति फिलिप रिजबेले बताए। राष्ट्रिय भ्रुण दान केन्द्र (एनइडीसी)का दान गरिएको भ्रुणबाट शिशु जन्मिएका हुन्। सो संस्थामा दान दिइएको भ्रुणबाट अहिलेसम्म सयौँ शिशुको जन्म भइसकेको छ।

यसअघि सोही केन्द्रमा २७ वर्षअघि चिस्याइएको भ्रुणबाट सन् २०२० को अक्टोबरमा एक बालिका जन्मिएकी थिइन् । उनको नाम मोली गिब्सन रहेको छ।

प्रकाशित मिति: : 2022-11-29 08:30:00

प्रतिकृया दिनुहोस्