चुनावमा जित जनताको होइन, जसले जित्छ उसैको हुन्छ

उकेरा

किशोर नेपाल

संघीय गणतन्त्र नेपालमा दोस्रो महा–निर्वाचन सकिएको छ। यो चुनाव व्यक्तिगत हिसाबले मेरा लागि घाटाको व्यापार भयो। 

मैले दुई दशक लगाएर हुर्काएको र सजाएको मेरो फेसबुक पेज ह्याकरले लुट्यो। ट्विटरमा मैले झण्डै तीन लाख फलोअर्स कमाएको थिएँ। त्यो पनि ह्याकरले लुट्यो।

यो पिरलोले त गिजोलेकै थियो- अहिले आएर एनसेलसँग मैले किनेको मोबाइल टेलिफोन सेवा ९८०२०३१८८१ पनि निष्क्रिय रहेको छ।

मङ्सिर ३ गतेदेखि मेरो यो नम्बरबाट कसैलाई फोन गर्‍यो भने एनसेलबाट नेपाली र अङ्ग्रेजी भाषामा जवाफ आउँछ– तपाईंको टेलिफोन सेवा निषेधित गरिएको छ। त्यो सन्देश अङ्ग्रेजी भाषामा पनि सुनाइन्छ– सरी, योर कल इज रेष्ट्रिक्टेड।

प्रकाशित मिति: : 2022-11-24 16:33:00

प्रतिकृया दिनुहोस्