अफगान बन्दुकधारीले एक पाकिस्तानी सुरक्षा गार्डको हत्या गरेपछि बन्द भएकाे पाकिस्तान र अफगान सीमा खुलेको छ। बलुचिस्तानको दक्षिणपश्चिमी प्रान्तको सीमावर्ती सहर चमनका अधिकारी शहजाद जेहरीले दुई देशबीचको सीमा खुला पुनः खोलिएको पुष्टि गरे।
‘अवरोध अन्त्य भएको छ र दुई देशबीच पैदल यात्रु र व्यापारलगायत सबै प्रयोजनका लागि आवतजावत पुनः सुरु भएको छ’, उनले भने, आइतबार पाकिस्तान र अफगान अधिकारीबीचको बैठकपछि चमन सीमा नाका पुनः खोल्ने निर्णय भएको थियो।
बैठकमा अफगान अधिकारीहरूले सो घटनाप्रति खेद प्रकट गर्दै कारबाहीको आश्वासन दिएका थिए।