बिहान उठ्दा–नउठ्दै अस्ताइसेका थिए जूनहरू। जूनसँगै ताराहरू कोही उदाउँदै थिए। कोही अस्ताउँदै थिए। केवल सूर्यको तेजले ताराहरूलाई पाखा लगाउँदै र्मिमिरे उज्यालोले धर्तीमा आगमन गर्दै गर्दा बिहानीको लाली किरणसँगै जिउ तनाक–तुनुक पारी पारिलो घामको तापमा बसेर दिनको पर्खाइमा थियो मेरो मन।
मान्छेको मन न हो। कहिले कहाँ, कहिले कहाँ सबैको हुनेनै गर्दछ। तर, म त्यस दिन एउटा अत्यन्तै सुन्दर ठाउँको अवलोकन गर्न निश्किएको थिए। जुन ठाउँ मेरा पुर्खाहरूले लामो समयसम्म खनि–जोती गरेर हिजोको ढुंगे युगको कठिन परिस्थीतिलाई विस्तारै आजको आधुनिक युगतर्फ धकेलेका थिए।
मेरा पुर्खाको डि.एन.ए. खोजी गर्ने हो भने निकै कठिन छ। तर मेरो पुर्खाले लामो समयसम्म काम गरेको ठाउँ भएर होला। म त्यसदिन मेरा पुर्खाले सयौं बर्षअघि परिश्रम बगाएको ठाँउमा मेरो स्पर्ष हुन पुगेको थियो। जुन ठाउँ त्यही थियो। जुन मानव बस्तीभन्दा अलि दुर थियो।