चीनमा आगलागीमा परी ३६ को मृत्यु

file Photo
file Photo

चीनको एक व्यापारिक फार्ममा भएको आगलागीमा परेर कम्तीमा पनि ३६ जनाको ज्यान गएको बताइएको छ।

मध्य चीनको हेनान प्रान्तमा रहेको एन्यान सहरमा अवस्थित एक व्यापारिक फार्ममा आगलागी भएको बताइएको छ। यससम्बन्धी पूर्ण विवरण आएको छैन।

आगलागीबाट कम्तीमा पनि ३६ जनाको ज्यान गएको बताइएको छ भने अरु दुई जना घाइते भएका छन्। आगलागीमा परेर दुई जना बेपत्ता रहेका छन्। उनीहरु आगो लागेको भवनको भग्नावशेषमा परेका अनुमान गरिएको छ।

सोमबार राति ११ बजेतिर त्यहाँ आगलागी भएको प्रहरीले जनाएको छ। यहाँ ठूलो संख्याका प्रहरी तथा उद्धारकर्मीहरुले उद्धारको काम गरिरहेका पनि बताइएको छ।

यस फार्ममा के कति कारणले आगलागी भएको हो भन्ने बारेमा भने केही बताइएको छैन। प्रहरीले सो फार्ममा रहेका दुई जना शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिएको जनाएको छ।


 

प्रकाशित मिति: : 2022-11-22 14:30:00

प्रतिकृया दिनुहोस्