बिएल संवाददाता
दाङमा करिब ६२ प्रतिशत मत खसेको छ। तीन वटा निर्वाचन क्षेत्रमा गरी ६२ प्रतिशत मत खसेको लुम्बिनी प्रदेश निर्वाचन कार्यालय दाङले जनाएको छ।
जिल्लामा कुल ४ लाख १५ हजार ६ सय ९८ जना मतदाता मध्ये २ लाख ६० हजार ५४६ मतदाताले मतदान गरेका छन्। जसमध्ये सबैभन्दा धेरै निर्वाचन क्षेत्र नम्बर ३ मा ६१ प्रतिशत मत खसेको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ।
निर्वाचन क्षेत्र नम्बर ३ मा १ लाख ४६ हजार ४७५ मतदाता मध्ये ९० हजार १५० जनाले मतदान गरेका छन्। जुन ६१ दशमलव ५४ प्रतिशत हो। निर्वाचन क्षेत्र नम्बर २ मा १ लाख ३३ हजार ७४८ मतदाता मध्ये ७९ हजार ४४६ जनाले मतदान गरेका छन्। जुन ५९ दशमलव ३९ प्रतिशत हो।
यस्तै क्षेत्र नम्बर १ मा १ लाख ३४ हजार ७३३ मतदाता मध्ये ८० हजार ७ सय जनाले मतदान गरेका छन्। जुन ५९ दशमलवग ८९ प्रतिशत हो। यसैगरी अस्थायी मतदान केन्द्र कारागार कार्यालय तुलसीपुरमा ३१४ मतदाता मध्ये १३६ जनाले र अस्थायी मतदान केन्द्र कारागार कार्यालय घोराहीमा ४२८ मतदाता मध्ये १११ जनाले मतदान गरेको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ।
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया