बिएल संवाददाता
दाङमा करिब ६२ प्रतिशत मत खसेको छ। तीन वटा निर्वाचन क्षेत्रमा गरी ६२ प्रतिशत मत खसेको लुम्बिनी प्रदेश निर्वाचन कार्यालय दाङले जनाएको छ।
जिल्लामा कुल ४ लाख १५ हजार ६ सय ९८ जना मतदाता मध्ये २ लाख ६० हजार ५४६ मतदाताले मतदान गरेका छन्। जसमध्ये सबैभन्दा धेरै निर्वाचन क्षेत्र नम्बर ३ मा ६१ प्रतिशत मत खसेको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ।
निर्वाचन क्षेत्र नम्बर ३ मा १ लाख ४६ हजार ४७५ मतदाता मध्ये ९० हजार १५० जनाले मतदान गरेका छन्। जुन ६१ दशमलव ५४ प्रतिशत हो। निर्वाचन क्षेत्र नम्बर २ मा १ लाख ३३ हजार ७४८ मतदाता मध्ये ७९ हजार ४४६ जनाले मतदान गरेका छन्। जुन ५९ दशमलव ३९ प्रतिशत हो।
यस्तै क्षेत्र नम्बर १ मा १ लाख ३४ हजार ७३३ मतदाता मध्ये ८० हजार ७ सय जनाले मतदान गरेका छन्। जुन ५९ दशमलवग ८९ प्रतिशत हो। यसैगरी अस्थायी मतदान केन्द्र कारागार कार्यालय तुलसीपुरमा ३१४ मतदाता मध्ये १३६ जनाले र अस्थायी मतदान केन्द्र कारागार कार्यालय घोराहीमा ४२८ मतदाता मध्ये १११ जनाले मतदान गरेको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ।
सन् २०२५ मा ४६० नेपाली अमेरिकाबाट निस्कासित
मनको कुरा गरौं
‘रविले बालेनलाई गरेका छैनन् प्रधानमन्त्रीको अफर’
यो देश अहंकारी, ठग, भगौडा र आतंककारीहरूको क्रीडास्थल हो?
नेपालका लागि अमेरिकी राजदूत थम्पसन फिर्ता
ग्रीनकार्डको ढोकामै रोकिए ३,८३१ नेपाली
अनुसन्धानमा तानिने भएपछि मास्क लगाएर ‘सुटुक्क’ अदालत धाउन थाले अर्बिटका सञ्चालक रेग्मी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया