शहरी विकास मन्त्री र स्वास्थ्य मन्त्रीलाई क्रमशः २५ र पाँच हजार जरिवाना

File photo
File photo

निर्वाचन आयोगले शहरी विकास मन्त्री मेटमणि चौधरीलाई २५ हजार रुपैयाँ जरिवाना गरेको छ। निर्वाचन आचार संहिता उल्लंघन गर्दै मतदाता प्रभावित गरेको कसूरमा उनलाई आयोगले जरिवाना गरेको हो। उनले बाढीपीडितलाई चामल बाँडेर मतदाता प्रभावित बनाउन खोजेको आयोगको आरोप छ।  

चौधरीले आफ्नो क्षेत्रमा बाढीपीडितलाई राहत वितरण गर्ने भन्दै मतदाता प्रभावित पारेको आयोगको भनाइ छ। 

त्यस्तै, स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानीप्रसाद खापुङलाई पनि आयोगले पाँच हजार जरिवाना र विभागीय कारवाहीकाे सिफारिस गरेको छ। उनले निर्वाचन आचारसंहिता लागु भएपछि कर्मचारी सरुवा गरेको आयोगको भनाइ छ। 

उनीहरूलाई निर्वाचन आयोग ऐनअनुसार जरिवाना गरिएको निर्वाचन आयोगको भनाइ छ।
 

प्रकाशित मिति: : 2022-11-19 14:51:00

प्रतिकृया दिनुहोस्