विगत ६ महिनामा करिब  १ लाख  ९० हाजर अफगान शरणार्थी इरानबाट निर्वासित

The margin
The margin

छिमेकी देशहरूमा अफगान शरणार्थीहरू विरुद्धको अत्याचार बढ्दै जाँदा, विगत छ महिनामा करिब  एक लाख ९० हजार अफगानीहरूलाई इरानबाट निर्वासित गरिएको टोलो न्यूजले विश्लेषकहरूलाई उद्धृत गर्दै उल्लेख गरेको छ।

विश्लेषकहरूका अनुसार देशमा रोजगारीको अभाव र मानवअधिकार उल्लङ्घनका कारण मानिसहरू गैरकानूनी बाटो भएर इरान, टर्की जस्ता छिमेकी देशहरूमा पलायन हुन बाध्य भएका छन्। 

'मलाई आशा छ हाम्रो देश विकसित भएको छ र युवाहरूका लागि रोजगारीका अवसरहरू सिर्जना हुनेछन्। मैले इरानमा धेरै समस्याहरू देखेको छु,'  निर्वासित अब्दुल गफोरले भनेका छन्।  

शरणार्थी र स्वदेश फिर्ता प्रान्तीय विभागका प्रमुख सादिकुल्लाह नसरतले विगत छ महिनामा निमरोज बन्दरगाहबाट निर्वासित  ६८ हजार २५८ भन्दा बढी शरणार्थीहरूलाई सहायता प्रदान गरिएको बताएका छन्।  

इरानमा जबरजस्ती पठाइएका शरणार्थीहरूले पनि आफूले भोग्नुपरेको चुनौतीप्रति निराशा व्यक्त गर्ने गरेका छन्।

युद्धग्रस्त अफगानिस्तानको कमजोर अवस्थाबारे गुनासो गर्दै अर्का निर्वासित खुदादले भने,'मैले कुनै खुसीका दिन देखेको छैन। म सधैं काममा लागें तैपनि मलाई निकालियो।'

इरानमा अफगान आप्रवासीको बढ्दो सङ्ख्याको मुख्य कारण अफगानिस्तानको राजनीतिक अस्थिरता र आर्थिक सङ्कट हो। काबुलमा सत्तामा पुगेपछि, इस्लामिक समूहले आधारभूत अधिकारहरू-विशेष गरी महिला र केटीहरूको अधिकारहरूलाई कडा रूपमा प्रतिबन्धित गर्ने नीतिहरू लागू गरेको र त्यसले गम्भीर समस्या निम्त्याएको बताइएको छ।  

ह्युमन राइट्स वाचका अनुसार तालिबानले निजामती सेवामा नेतृत्वदायी पदबाट सबै महिलाहरूलाई निष्कासन गरेको छ भने अधिकांश प्रान्तहरूमा छात्राहरूलाई माध्यमिक विद्यालयमा जान प्रतिबन्ध लगाइएको छ। 

इस्लामिक स्टेटको अफगान शाखासँग सम्बन्धित सशस्त्र समूहहरूले हजारा, अफगान शिया, सुफी र अन्य जातिहरूलाई लक्षित गरी बम विष्फोट गराएको छ  जसमा सयौंको मृत्यु र घाइते भएका छन्। शान्तिसुरक्षाको स्थिति पनि दयनीय छ।  

यसअघि वैशाखमा छिमेकी मुलुक पाकिस्तान र इरानमा शरण लिएका नागरिक १ हजार ९४ जना अफगानी नागरिक स्वदेश फर्किएको शरणार्थी तथा स्वदेश फिर्ता मन्त्रालयले जनाएको छ।

शरणार्थी तथा स्वदेश फिर्ता मन्त्रालयको आधिकारिक तथ्याङ्क अनुसार सन् २०२१ को अगस्टदेखि मूलतः छिमेकी देशहरूबाट  छ लाख ५३ हजार भन्दा बढी अफगान शरणार्थीहरू अफगानिस्तान फर्किएका  भने  केही अन्य देश निर्वासित भएका छन्।

प्रकाशित मिति: : 2022-11-14 18:52:00

प्रतिकृया दिनुहोस्