प्रधानमन्त्री मोदी इन्डोनेसिया भ्रमणमा

file Photo
file Photo

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नोभेम्बर १४ मा बालीमा हुने १६ औँ शिखर सम्मेलनमा भाग लिने भएका छन्। भारतले सन् २०२२ डिसेम्बर १ बाट यस समूहको अध्यक्षता ग्रहण गर्दैछ।

‘प्रधानमन्त्रीको भ्रमण छोटो छ तर बालीमा हुने जी–२० शिखर सम्मेलनमा यहाँको भ्रमण निकै महत्वपूर्ण छ,’ इन्डोनेसियाका लागि भारतीय राजदूत मनोज कुमार भारतीले एएनआईलाई बताएका छन्।

‘प्रधानमन्त्री नरेन्द्र मोदी १६ औँ जी२० शिखर सम्मेलनमा भाग लिनु हुने छ र  यहाँ उहाँले औपचारिक रूपमा २०२३ को लागि भारतको २०२३ अध्यक्षता लिनुहने छ’ भारतीले एएनआईलाई बताएका छन्।

‘प्रधानमन्त्री मोदीको  जी२० मा आउनु महत्त्वपूर्ण छ किनभने भारतले इन्डोनेसियाबाट जी२० को अध्यक्षता लिन लागेको छ।  भारतले इन्डोनेसियालाई निरन्तर सहयोग प्रदान गरेको छ, र इन्डोनेसिया सरकारले पनि भारतको सहयोगलाई मान्यता दिन्छुु, भारतीय राजदूत भारतीे भनेका छन्। 
 

प्रकाशित मिति: : 2022-11-13 17:34:00

प्रतिकृया दिनुहोस्