बझाङमा ५.४ रेक्टरको भूकम्प गएको छ।
शनिबार बेलुका ८ बजेर १२ मिनेटमा बझाङको पातदेवल केन्द्र विन्दु भएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।
त्यसैगरी कञ्चनपुर, अछाम, डोटी, रोल्पा, सल्यानलगायत जिल्लामा भूकम्पको धक्का महसुस गरिएको स्थानीयहरूले सामाजिक सञ्जालमार्फत् जनाएका छन्।