मेक्सिकोमा गोली चल्यो, नौ जनाको मृत्यु  

बिएल संवाददाता

मेक्सिको सिटी 
file photo
file photo

हतियारधारीहरूले मध्य मेक्सिकोको गुआनाजुआटो राज्यको एउटा बारमा नौ जनाको  हत्या गरेका छन्। 

उक्त हत्यामा लागूऔषध तस्रहरूको संलग्नता रहेको स्थानीय अधिकारीहरूले जनाएका छन्। अपासियो एल अल्टो सहरमा उक्त हमला भएको हो।

‘ट्रकमा सवार हतियारधारी पुरुष लेक्सस बारमा आइपुगे र भित्रका मानिसहरूमाथि गोली चलाउँदा पाँच पुरुष र चार महिलाको मृत्यु भयो,' स्थानीय नगरपालिकाले एक विज्ञप्तिमा भन्यो।

गुआनाजुआटो एक औद्योगिक राज्यमा जलिस्को न्यु जेनेरेसन र सान्ता रोजा डे लिमा ड्रग तस्करबीच हिंसात्मक झडप हुने गर्छ।

स्थानीय सञ्चारमाध्यमले यो आक्रमण सान्ता रोजा डे लिमाका नेता जुआन रोडोल्फो येपेजको मंगलबार पक्राउ गरेको बदला भएको बताएका छन्।

प्रकाशित मिति: : 2022-11-11 20:58:00

प्रतिकृया दिनुहोस्