सामसङको ए-०४ स्मार्ट फोन सार्वजनिक

सामसङ कम्पनिको ए-०४ स्मार्ट फोन नेपाली बजारमा सार्वजनिक भएको छ। साे फाेन शुक्रबार सार्वजनिक भएकाे हाे। 

यो फोनको क्यामरा गुणस्तरमा सुधार ल्याएको र प्रयोगकर्ताले मन पराउने कम्पनीको भनाइ छ।

ग्यालेक्सीको ए-०४ मा रहेको ५० एमपी क्यामरा किफायती दायरामा उत्कृष्ट अपग्रेड रहेको छ। 

त्यस्तै उक्त फोनमा पाँच हजार एमएएचइन-बक्स ब्याट्री, ६.५ फुल स्क्रिन र डल्बी एटमसको आवाजसँगै ग्यालेक्सी ए-०४ ले सबै कार्यक्रम र चलचित्रको उत्कृष्ट आनन्द दिने कम्पनीले बताएको छ।

साे फाेनमा दुइटा याम र स्टोरेज कन्फिगरेसनका साथमा उपलब्ध रहेको बताइएको छ। 

चार जिबी प्लस ६४ जिबी भेरियन्टको मूल्य १६ हजार नौ सय ९९ तोकिएको छ भने तीन जिबी प्लस ३२ जिबी भेरियन्टको मूल्य १४ चौध हजार नौ सय ९९ रहेको कम्पनीले जनाएको छ। यो स्मार्ट फोन कालो, कपर र हरियो गरी तीन रङमा बजारमा पाउन सकिन्छ।
 

प्रकाशित मिति: : 2022-11-11 13:16:00

प्रतिकृया दिनुहोस्