२१ कात्तिक, काठमाडौं । ६ वर्ष लगाएर एमबीबीएस उत्तीर्ण भए पनि नेपाल मेडिकल काउन्सिलले लिने ‘लाइसेन्स’ परीक्षामा डाक्टरहरु धेरै पटक फेल हुने गरेका छन् ।
धेरै डाक्टर पटक–पटक फेल हुन थालेपछि काउन्सिलले एमबीबीएस उत्तीर्ण विद्यार्थीले चिकित्सा पेसा अपनाउन नचाहे लाइसेन्स परीक्षा दिन नपर्ने व्यवस्था ल्याउन लागेको छ ।