
मन्दिरा अधिकारी
जब तपाईं आपराधिक दुनियाँको बारेमा सोच्नुहुन्छ, तब सबैको दिमागमा ओशामा बिल्लादिन, साल्वाटोर ‘टोटो’ रीना, बर्नार्डाे प्रोभेन्जानो, भिटो रिजुटोलगायतकाे नाम आउँछ। तर के कहिल्यै सोच्नुभएको छ, महिलाहरु पनि आपराधिक दुनियाँमा सक्रिय रुपमा रहेका छन् भनेर?
महिलाहरू पनि पुरूषभन्दा धेरै अगाडि छन् भन्ने गतिलाे उदाहरण हाे, यही आपराधिक दुनियाँ। सामान्यतया पुरुषहरु हिंस्रक, नियन्त्रण गर्ने, शक्तिको प्रयोग गर्ने खालका व्यवहारको लागि चिनिन्छन्। तर संसारमा कोही यस्ता महिलाहरु पनि छन्, जसले आपराधिक दुनियाँमा आफ्नाे छाप छाेड्न सफल छन्।
मा बार्कर : बार्कर कार्पिस गिरोहकी रानी
मा बार्करको नामले प्रसिद्ध रहेकी 'मा'काे वास्तविक नाम केट बार्कर हो। चौध वर्षकाे उमेरदेखि आपराधिक दुनियाँमा प्रवेश गरेकी बार्करलाई चोरी तथा डकैती गर्नु कुनै नौलो कुरा थिएन। तर जब उनले बाटोमा हिँडेका मानिसको हत्या गरी चोरी गर्न थालिन्, तब बार्करलाई सबैले मान्न थाले।
उनी प्रायः आफ्ना पति जर्ज र छोराहरू हर्मन, लोयड, आर्थर र फ्रेडसँग सँगै काम गर्थिन्। कुख्यात बार्कर-कार्पिस गिरोहका रूपले चिनिएका उनीहरूले अमेरिकामा छाेटाे समयमा नै चाेरी तथा डकैतीकाे रूपलाई बढाउँदै लगे। तर सन् १९२७ मा पुलिसले हर्मनलाई गिरफ्तार गर्याे, हर्मनले गिरफ्तारीबाट बच्न आत्महत्या गरे। त्यसको केही समयपछि मा बार्करका बाँकी तीन छोरा र श्रीमान् जेलमा परे। जब सन् १९३१ मा फ्रेडको रिहाइ भयाे, त्यसपछि उनीहरूले पुन: अर्को अपराधको सिलसिला सुरु गरे। तर उनीहरू पहिला नै प्रहरीकाे नजरमा परिसकेकाे हुनाले सन् १९३५ मा फ्लोरिडामा लुकेर बसेकाे समयमा दुवैलाई गोली हानी हत्या गरियाे।
मारिया लिकियार्डी– जाे बुढी भइसकेकी महिलाको हत्या गर्थिन्
मारिया लिकियार्डी जत्तिको प्रसिद्ध र कुख्यात कुनै पनि महिला ‘गुण्डा’ छैन। उनी इटालीकाे सेकेन्डिग्लियानो एलायन्स (समुदाय)काे नेत्री (मालिक) मध्येकी एक हुन्। जसकाे शासनकालमा हजाराैँ सेकेन्डिग्लियानो महिलाले ज्यान गुमाएका थिए।
मारिया पैसा कमाउन सयाैँ महिलाहरूलाई बन्धन बनाउँथिन् र ‘देहव्यापार’ मा लगाउँथिन्। यतिमात्र नभइ उनी लागुपदार्थकाे व्यापारमा समेत निकै सक्रिय रूपमा रहिन्। उनी यतिसम्म स्वार्थी थिइन् कि सत्ता प्राप्तिकाे लागि उनले आफ्नै भाइहरूलाई मार्नसम्म पछि परिरनन्।
उनले महिलालाई बेच्ने, ‘देहव्यापार’ मा लगाउने मात्र होइन, महिलाहरुकाे हत्यासमेत गर्थिन्। किनकी, महिलाहरु बुढी हुँदै गएपछि उनीहरुले काम गर्न सक्दैन थिए।
मारियाले एकपटक जिल्ला न्यायाधिवक्ताको कार्यालयमा समेत बम प्रहार गरेकी थिइन्, ताकि न्यायाधीशहरूले उनीविरुद्ध लगाएका सबै आरोपहरू खारेज गरोस्।
जुडी मोरन- जोसँग अपराधीहरू पनि डराउँथे
जुडी मोरन अस्ट्रेलियाको प्रसिद्ध मोरन परिवारकी सदस्य हुन्। उनले अष्ट्रेलियामा थुप्रै गैरकानुनी गतिविधि गरिन्। अस्ट्रेलियाको रिचेष्ट डट कमका अनुसार उनकाे परिवारको प्रभाव यस्तो थियाे कि आम मानिसमात्र नभइ अपराधीहरू पनि उनीहरूसँग डराउँउथे।
जब सन् १९८२ मा जुडीका पतिकाे हत्या भयाे, उनले झन् आफ्ना आपराधिक गतिविधीहरू बढाउँदै लगिन्। यसै क्रममा सन् २००० मा उनका छाेराहरू पनि मारिए। विभिन्न हत्याको अभियोगमा २६ वर्ष जेल सजाय भोगेकी जुडी अहिले सजाय काटिरहेकी छिन्।
राफेला डी अल्टे रियो- इटलीको मस्ट वान्टेड अपराधी
राफेलाकाे विवाह यस्ताे परिवारमा भयाे कि जाे पहिलादेखि नै आपराधिक दुनियाँमा रमाइरहेकाे थियाे। सुरुमा त राफेलाकाे परिवारकाे यस्ता कार्यमा सामेल हुने कुनै योजना थिएन। तर जब उनका पतिलाई गोली हानेर हत्या गरियाे, त्यसपछि भने उनी औपचारिक रूपमा अपराधको संसारमा सामेल भइन्।
अपराधकाे दुनियाँमा प्रवेश गरेपश्चात उनी इटालियन गडमदरको नामले चिनिन थालिन्। उनले लागुऔषध ओसारपसार, तस्करी र अवैध निर्माणमार्फत आफ्नो व्यवसाय विस्तार गरिन्। उनले अन्य प्रतिद्वन्द्वी गुटहरूसँग सम्बन्ध बनाइन् र छिट्टै इटालीको मस्ट वान्टेडमध्ये एक बनिन्।
फूलन देवी- डाकाँहरुकी रानी
फूलन देवी सम्भवतः भारतकी सबैभन्दा प्रसिद्ध महिला डाकु हुन्। उनी आफ्नाे अधिकारकाे लागि डाकु बनेकी थिइन्। उनी सानै हुँदा बलात्कृत भइन्। आफूमाथिकाे बलात्कारको बदला लिन उनी डाकु बनिन्।
सर्वप्रथम उनले एक समूहलाई भेला गरिन् र २० भन्दा बढी मानिसहरूको हत्या गरिन्। उनीहरूकै कारण फूलन देवी बलात्कृत भएकी थिइन्। उनले आफ्नो आत्मसम्मानका लागि लडेकी थिइन्। हाल फूलन देवीलाई काेही कुख्यात डाकु ठान्छन् भने कोही उनी वास्तविक नायक हुन् भन्ने सोच्छन्।
मार्लोरी डाडियाना चाकोन राेसेल- ल्याटिनकी ग्याङ्स्टर रानी
मार्लोरी डाडियाना ल्याटिन अमेरिकाको ड्रग संसारको निर्विवाद रानी हुन्। चाकोन रोसेल लागुऔषध तस्करी, मनी लाउन्ड्रिङ र मेक्सिकन कार्टेलहरूसँगको सम्बन्धले चिनिन्छन्।
सन् २०१२ मा उनको सम्पत्ति जफत गरिएपछि अमेरिकाले उनलाई मध्य अमेरिकामा सबैभन्दा बढी लागुऔषध तस्करको सूचीमा राखेको थियो। यसअघि उनले ग्वाटेमालाबाट मेक्सिकोसम्म हजारौं किलो कोकिन तस्करी गर्न सफल भएकी थिइन्।
उनको ड्रग रिंग अझै पनि सक्रिय छ। उनी मध्य अमेरिका र ग्वाटेमालाको क्षेत्रमा सबैभन्दा बढी सक्रिय छिन्। उनको गिरोह धनी र शक्तिशाली मात्र होइन, निकै खतरनाक पनि छ।
गृहमन्त्री होइन प्रधानमन्त्री राजीनामा देऊ
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा (भाग- २)
शान्त प्रदीप्त चेतनको आगोः साधना अधिकारी (प्रधान)
देउवाका विश्वासपात्रहरू पुनः सभापति हुन उक्साउँदै
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा
बलपूर्वक बेपत्ता पारिएका व्यक्तिको अन्तराष्ट्रिय दिवसः न्यायको आशा न भरोसा!
बहुविवाहको व्यवस्था: श्रीमती ठग र यौन चोरको वैधता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया