‘आजाद भारत’का पहिलो मतदाता १०५ वर्षीय नेगीको मृत्यु

Express Photo
Express Photo

स्वतन्त्र भारतका पहिलो मतदाता श्याम शरण नेगीको शनिबार हिमाचल प्रदेशको किन्नौरमा निधन भएको छ।

१०५ वर्षीय नेगीको पूर्ण राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने किन्नौरका अधिकारीहरूले बताएका छन्।

सन् १९५२ मा पहिलोपटक मतदान गरेका उनले दुई दिनअघिको विधानसभा चुनावमा पनि मतदान गरेका थिए।

सन् १९५१-५२ मा भारतमा पहिलोपटक आम चुनाव भएको थियो। त्योबेला उच्च भेगमा हिउँ पर्ने हुँदा किन्नौर महिना दिन अगावै मतदान भएको थियो।

तत्कालीन ३४ वर्षका नेगीले काल्पामा मतदान गर्दै स्वतन्त्र भारतको पहिलो मतदाता बनेर इतिहास रचेका हुन्।

हिमाचल प्रदेशका मुख्यमन्त्री जयराम ठाकुरले नेगीको निधनमा शोक व्यक्त गर्दै नागरिकका रूपमा आफ्नो जिम्मेवारी पूरा गर्दै ३४औं पटक मतदान गरेको बताएका छन्।

नेगीको भिडियो तथा तस्बिर भारतीय चुनाव आयोगमार्फत् सचेतना अभियानमा प्रयाेग गरिएको थियो।

प्रकाशित मिति: : 2022-11-05 13:46:00

प्रतिकृया दिनुहोस्