गोठाटारमा मारिएका लाल मोहम्मद भनिने मोहम्मद कुर्मीको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले शुक्रबार तीन जना सार्वजनिक गर्यो।
प्रहरीको दाबीअनुसार यी तीन जना योजनाकार, हतियार व्यवस्थापन गर्ने र मोहम्मदको निगरानी गर्ने भूमिकामा संलग्न व्यक्ति हुन्।
ती थिए वीरगञ्ज-१६ का २१ वर्षीय महोरम मियाँ। काठमाडौं जिल्ला परिसरका एसएसपी भरत बोहोराका अनुसार मोहम्मद हत्यामा उनको भूमिका थियो योजनाकार तथा हतियार व्यवस्थापन।