अप्रीतिको दंश भोग्दै मैथिली सङ्गीत

हिमाल खबर

धीरेन्द्र प्रेमर्षि

महर्षि याज्ञवल्क्यको उपर्युक्त कथनबाट पूर्वीय दर्शनले सङ्गीतलाई दिएको महत्त्व थाहा हुन्छ। यस उक्तिका माध्यमबाट उनले वीणा बजाउने कलाको सूक्ष्मता जान्ने र सुर–तालको राम्रो ज्ञान राख्ने व्यक्तिले सजिलै मोक्षको बाटो पहिल्याउने बताएका छन्। 

विदेह राज्य अर्थात् मिथिलाका विद्वान्‌हरूमध्ये ज्ञान र योगका श्रेष्ठतम साधक याज्ञवल्क्यबाट इसापूर्व सातौं शताब्दीमै प्रतिपादित यसै दर्शनको प्रभावले हुन सक्छ– मिथिलाको जीवनपद्धति नै सङ्गीतको धागोमा उनिएको छ। मिथिलामा जन्मदेखि मरणसम्म हरेक संस्कार र मनोभावलाई गीतहरूबाटै अभिव्यक्ति दिने परम्परा छ। जनक काल, जनकवंशपछिको गणतन्त्र, कर्णाटवंशीय राजतन्त्र, मुगलहरूको अधीन ओइनवार राजवंश, सेनवंशीय राजतन्त्र, मल्लकाल, शाहवंशीय अन्धकार कालका साथ भारतमा अंग्रेज र नेपालमा राणापछि वर्तमान गणतन्त्रसम्मको व्यवस्थामा मिथिलाका जनसामान्यले अनेकौं उत्कृष्ट र निकृष्ट अवस्था तथा आरोह–अवरोह भोगिरहे। यस अवधिमा प्रेम, विजय, प्रसन्नता आदिलाई रागमय बनाउने माध्यम गीत–सङ्गीत रह्यो भने दुःख, दारिद्र्य, वेदना, बिछोड आदि सहने संयन्त्र पनि गीत नै बने। गीत–सङ्गीतको परम्परा अक्षुण्ण र अनिवार्य बनिरह्यो।
 

प्रकाशित मिति: : 2022-10-30 17:50:00

प्रतिकृया दिनुहोस्