बिग्रिँदो ‘जुहू’ रंगीन बन्दै (फोटो फिचर)

भारतको आर्थिक राजधानी मुम्बईमा दिनदिनै हजारौँ पर्यटकहरू भित्रिन्छन्। एक मनले भन्नुपर्दा– ‘मायानगरी’ साच्चै अजिब र रमणीय छ।

महाराष्ट्रमा पर्यटक भुल्नसक्ने थुप्रै ठाउँहरू छन्। मुम्बई यात्रा र खानाका लागि सबैभन्दा सजिलो यात्रास्थल हाे। ‘मायानगरी’काे रमझममा रमाउनेहरू एकपट जुहू समुन्द्री तटमा पुग्छन्। रातिसम्मै हराउँछन्। मुम्बईकाे बास्तविक रूप देख्छन्। अनि काेठातिर फर्किन्छन्।

मुम्बईको सबैभन्दा लामो र प्रसिद्ध जुहू समुन्द्री तटमा स्वदेशी तथा विदेश पर्यटकहरू घण्टौं बिताउँछन्। रातको समयमा जुहूको दृश्य मनमोहक हुन्छ।

मुम्बईको प्रसिद्ध जुहू समुन्द्री तट फोहोर छ। फोहोर देखेर आजभोलि कमै मानिसहरू आउँछन्।

तर महानगरले जुहूलाई थप आकर्षक बनाउने योजना अघि सारेको छ। तटीय क्षेत्र सुन्दर देखाउन छेउछाउका पर्खालमा रङ लगाउने अधिकारीहरूले जनाएका छन्। अब जुहूमा ‘लेजर लाइट’ पनि लगाइनेछ। जसका कारण जुहू रातभर रंगीन हुनेछ। जुहूको दृश्य बदलिनेछ।

जुहूको बिग्रिँदो सौन्दर्यप्रति महानगर गम्भीर छ। व्यापक गुनासोपछि समुन्द्री तटलाई सफा र सुन्दर बनाउन महानगर लागिपरेको स्थानीयहरू बताउँछन्। छेउछाउका पर्खाल, स्तम्भ र ढुङ्गालाई वातावरणमैत्री रंग दलिनेछ।

‘यो काम छिट्टै हुनेछ। यसबाहेक सबैभन्दा महत्वपूर्ण कुरा लेजर लाइट पनि राखिनेछ,’ महानगरका एक अधिकारीले भने। ठूला लाइट शो दैनिक ७ बजेदेखि राति १० बजेसम्म चल्नेछन्। प्रत्येक १५ मिनेटको अन्तरालमा शो सक्रिय हुनेछन्।

स्रोतका अनुसार जुहूमा वृक्षारोपण पनि गरिनेछ। आठवटा अलग–अलग प्रवेश र निकासका लागि गेट हुनेछन्।

महत्वाकांक्षी सुन्दर मुम्बई योजना अन्तर्गत जुहूको मुहार परिवर्तन गरिन लागेकाे हाे। जुहू समुन्द्री तट ६ किलोमिटर लामो छ। जहाँ हरेक दिन हजारौं आगन्तुकहरू आकर्षित हुन्छन्। चाडपर्वमा यहाँ लाखौं मानिसहरूको भीड लाग्छन्।

प्रकाशित मिति: : 2022-10-28 08:27:00

प्रतिकृया दिनुहोस्