ओलीलाई प्रतिस्पर्धीकाे चुनाैतीः झापामै ‘डिबेट’ गर्न आउनुहाेस्

BreaknLinks
BreaknLinks

नेपाली कांग्रेसबाट झापा–५ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार डा. खगेन्द्र पाण्डब अधिकारीले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई आफूसँग ‘डिबेट’ गर्न चुनौती दिएका छन्।

उम्मेदवार अधिकारीले आफू ओलीसँग जुनसुकै विषयमा डिबेट गर्न तयार भएको जानकारी दिएका छन्।

एमाले अध्यक्ष ओली र आफू यसैक्षेत्रका प्रतिस्पर्धी उम्मेदवार भएकाले क्षेत्रका समस्या, एजेण्डाका विषयमा डिबेट गर्न तयार भएको उनले बताएका छन्।

‘ओलीजी, किन टाढाका ब्यस्त नेतासँग अनलाइनमा दोहोरी खेलेर समय बर्वाद गर्न गर्नुहुन्छ? कुन विषयमा, कति समय डिबेट गर्ने हो? झापामै आउनुहाेस्, जुममा होइन लाइभमै बसेर आमनेसामने टेवलटक गरौँ। म टेवलटक मात्रै हैन निर्वाचनमा टक्कर गर्न र यसपटक तपाईलाई परास्त गर्न तपाईकै क्षेत्रमा खडा भएको छु,’ उनले भने।

दुई दिनअघि एक कार्यक्रममा ओलीले कांग्रेस अध्यक्ष समेत रहेका प्रधानमन्त्री शेरवहादुर देउवालाई डिबेट गर्न चुनौती दिएका थिए। आफना पार्टी अध्यक्ष विरुद्ध बहस गर्न ओलीले चुनौती दिएपछि यसक्षेत्रका कांग्रेस उम्मेदवार डा. अधिकारीले त्यसको जवाफ दिँदै थप चुनौती दिएका हुन्।

प्रकाशित मिति: : 2022-10-19 08:28:00

प्रतिकृया दिनुहोस्