राष्ट्रिय राजनीतिमा मुगाली पहुँच पुर्‍याउने प्रयत्नमा राजु कार्की

वरिपरि पहाड र हिमालहरुले घेरिएकाे काँसकाे गहिराे कचाैरा जस्ताे। त्यही कचाैराकाे गहिराे खाेचबाट उकालाे लागेर हिउँ हुने ठाउँसम्म पुग्याे भने अति सानाे सिंगाे नेपाल भेटाउन सकिन्छ। सुन्दा पत्यार नलाग्ला तर भाेग्दा प्रत्येक पाइलामा भाैगाेलिक विविधता भेटिन्छ।

जिल्ला हिमाली हाे, तर यसकाे हुलियामा तराई र पहाड पनि मिसिएकाे जाे काेहीले महशुस गर्छ। गहिराे खाेचमा फलेकाे एक दाना आँप खाँदै हिँड्याे भने पहाडी सुन्तला खाने ठाउँ आइपुग्छ, सुन्तला फाेक्दा फाेक्दै स्याउ खाने ठाउँ पुगिन्छ। भाैगाेलिक विविधतायुक्त यति सानाे भूगोल संसारमा कतै छ भने त्यही हाे, मुगु जिल्ला।

यही जिल्लामा नेकपा (एमाले)काे तर्फबाट प्रतिनिधिसभा सदस्यकाे उम्मेदवार बनेका छन्, राजु कार्की। जाेसँगकाे विकास र समृद्धिकाे स्पष्ट खाका छ।

लामाे समयदेखि राजनीति र सामाजिक कार्यमा सक्रिय उनी मुगुका प्रभावशाली युवा नेताका रूपमा स्थापित छन्। हालसम्म पदीय जिम्मेवारीमा नरहेतापनि मुगु र समग्र कर्णालीकाे विकास लागि काम गर्दै आएका उनी आगामी मंसिर ४ मा हुने निर्वाचनकाे म्याराथनमा सामेल छन्।

स्पष्ट विकासकाे खाका र सेवा भावनाका उनी उच्च तहमा मुगुकाे प्रतिनिधित्वका निम्ति संघर्ष गरिरहेका छन्।

चुनाव जितेर मुगालीका समस्या राज्यकाे माथिल्लाे तहमा पुर्‍याएर उचित नीति निर्माण गर्ने र हर तवरका समस्या समाधान गर्ने आकांक्षासहित चुनावी मैदानमा उत्रिएका कार्कीसँग जनता कन्भिन्स गर्ने मुद्दा छन्।

'समग्र कर्णाली पिछिएकाे छ। त्यसमाथि मुगुकाे हालत भनी नसक्नु छ। आर्थिक, भाैतिक र सामाजिक विकास नहुनु भनेकाे राजनीतिमा पहुँच नहुनु हाे,' उनले बिएल नेपाली सेवासँगकाे कुराकानीमा भने, 'हाम्रा अग्रजबाट भएकाे प्रयासले झिनाे काम भएपनि राम्राे नतिजा आएन। अब हाम्राे तयारी भनेकै देखिने गरिकन काम गर्नु हाे। मुगुकाे राजनीतिक पहुँच सिधै सत्तामा पुर्‍याउनु हाे।'

विकास हुन नसक्दा मुगु विकट मानिन्छ। लाेभलाग्दाे भाैगाेलिक हुलिया भएकाे मुगुकाे विकासका लागि आकाश धर्तीमै खसाल्ने जस्ताे प्रयत्न गर्नु नपर्ने कार्कीकाे भनाइ छ।

'भूगोल ठुलो छ भनेर डराउनुपर्छ जस्ताे लाग्दैन। त्यसमाथि प्रशस्तै पर्यटकीय भूगोल हुनु त प्रकृतिको बरदान नै हाे,' उनले भने, 'हामीले भूगोलको विकास गर्ने होइन, जहाँ मान्छे बसेका छन् त्यहाँ विकास गर्ने हाे। मान्छे नै कम भएकाे ठाउँकाे विकास गर्न सजिलो कुरा हाे।'

उनले भनेजस्तो मान्छे बसेकाे ठाउँकाे विकास गर्नका लागि याेजना पनि दिएका छन्। त्यसमा बाटो, शिक्षा, स्वास्थ्य, सामाजिक विकास र जनताकाे राेजीराेटी छन्।

उनका अनुसार मुगुमा धेरै ठुलाे आवश्यकता पनि छैन। यति सानाे काम गर्न पनि मुगुले राणा, पञ्चाय, प्रजातन्त्र, लाेकतन्त्र र गणतन्त्र कुर्नुपर्‍यो। त्यसैले कार्कीकाे विचार क्लियर छ, मुगुकाे उच्च तहकाे राजनीतिमा पहुँच हुनैपर्छ।

लाेभलाग्दाे भइकन पनि कठिन भूगोल हुँदा विकास नभएकाे सरकारी प्रतिक्रिया पाइन्छ। यसमा उनी सरल र सटिक जवाफ दिन्छन्।

'विश्वमा नेपालकाे भन्दा कठिन भूगोलहरू पनि छन्, त्यहाँ शताब्दीअघि नै विकास भइसकेको थियाे,' उनले भने, 'उच्च स्तरीय प्राविधिक विकास भइरहेको याे समयमा यस्ताे प्रश्नले हाेइन, इच्छा शक्तिले हाम्राे विकास हुने हाे।'

उनीसँग मुगुको सर्वाङ्गिण विकासबारे स्पष्ट याेजना छ। कर्णाली जस्ताे विकट भूगोलमा दिइने शिक्षा र त्यसबाट उत्पादित जनशक्तिले पाउने सुविधाबारे उनकाे मत यस्ताे छ, 'कर्णालीमा मुस्किलले छ महिना पढाइ हुन्छ। वर्षभरि पढाइ हुने काठमाडौँ वा सहरी क्षेत्रका बच्चाहरूसँग प्रतिस्पर्धा गर्नुपर्ने नीति नै खाेटपूर्ण हुँदा कर्णाली बराबरीमा आएन। यस्ताे हुनुमा नीति दाेसी हाे। याे परिवर्तन गर्नका लागि राजनीतिक पहुँच हुनुपर्छ। हाम्राे लडाइँ त्यसैका लागि हुनेछ।'

कर्णालीकाे विकासकाे पहिलाे मेरुदण्ड पर्यटन हाे भन्नेहरुमा सरकारी अधिकारीकाे नाम अग्रस्थानमा आउँछ। तर कर्णालीमा सजिलै पुग्ने सरल संयन्त्रको विकास गरिएकाे छैन। हवाई सेवा अनियमित र साह्रै महंगो छ। कयाैं ठाउँमा सडक नै बनेकाे छैन।

उनले भने, 'रारा वा डाेल्पा जान लाग्ने यातायात खर्चले चितवनकाे साैराह जाँदा महिना दिन पुग्छ। अनि कसरी हाम्राे पर्यटन विकास हाेला? यसका लागि राज्यले ठुलाे लगानी गर्नुपर्छ। तर राज्य तयार छैन। हामीले राज्यलाई तयार पार्ने हाे।'

उनले मुगाली जनताकाे मत लिएर प्रतिनिधिसभामा पुग्दा कर्णालीकाे भावनाअनुसारको काननु निर्माण गर्ने बताए।

'कानुन बनाउने र त्यसकाे कार्यान्वयन गर्ने हाे भने हाम्रा धेरै समस्याहरु हल हुनेछन्,' उनले भने, 'स्थानीय स्तरमा साना-साना विकास निर्माणका काम स्थानीय तहले नै गरिहाल्छन्। यत्ति हाे, सबै तहका सरकारकाे प्रभावकारी समन्वय जरुरी छ।'

राज्यले ठुलाे स्केलकाे लगानी गर्न सके मात्रै मुगुमा देखिने खालकाे विकास हुने उनकाे मत हाे। उनी आफ्नाे मतलाई बलियाे बनाउन मुगुकाे राजनीतिमा उच्च तहकाे पहुँच खाेजिरहेका छन्।

प्रकाशित मिति: : 2022-10-18 15:36:00

प्रतिकृया दिनुहोस्